Breaking News

6/recent/ticker-posts

Header Ads Widget

स्वतन्त्र विद्यार्थी युनियनको विविध खेलकुद कार्यक्रम फिजिक्सका विद्यार्थी राजु राईले चुमे चेस उपाधि

१८ भदौ , किर्तिपुर।

         त्रिभुवन विद्यार्थी युनियन विश्वविद्यालय क्याम्पस , किर्तिपुरद्वारा भदौ १६ गते देखि २० गते सम्म अन्तर विभागीय स्वतन्त्र विद्यार्थी युनियन कप विविध खेलकुद प्रतियोगिताको आयोजना गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष श्यामराज ओझाको निर्देशनमा फुटसल, भलिबल, ब्याडमिन्टन, टेवलटेनिस, बास्केटबल, टाइपिङ्ग स्पिडर र बुद्धिचाल प्रतियोगिता गरि ६ वटा खेल सञ्चालन गरेका हुन्। उनका अनुसार कूल पुरस्कार राशी १ लाख ९५ हजार व्यवस्था गरेको जानकारी गराएका छन्।



     म्यानेजमेन्ट कमिटीका तर्फवाट एकदिने र्‍यापिड बुद्धिचाल प्रतियोगिता अनोज कार्कीको संयोजकत्वमा सम्पन्न भएको हो । किर्तिपुर स्थित टियुको एन्थ्रोपोलोजि हलमा सञ्चालन भएको अन्तर विभागीय चेस खेलमा १२ विभागका जम्मा ५४ जना अनरेटेड विद्यार्थी खेलाडीको सहभागिता रहेको थियो। 



           स्पर्धामा सबै खेल जितेर फिजिक्स विभागका राजु राईले प्रथम स्थान सुरक्षित गरेका छन्। अपराजित राजु राईले ६ अंक जोडेर टियू विश्वविद्यालय चेस च्याम्पियन बन्दै प्रथम पुरस्कार नगद रु.१० हजार आफ्नो नाम गरेका छन्। 

     स्वतन्त्र विद्यार्थी युनियनले प्रतियोगिता सञ्चालन गर्ने क्रममा दोश्रो स्थानका लागि भने निकै कडा प्रतिस्पर्धा हुन पुगेको थियो। ६ चरणको खेलवाट तीन जना खेलाडीले समान ५ - ५ अंक जोड्न पुगेका थिए। दोश्रो पुरस्कार नगद रू. ५ हजार प्रदान गर्न पूर्व घोषित अनुसार डाइरेक्ट इन्काउण्टर, बुकोल्ज गेम प्वाइन्टस् कट वान , कट टु , मोष्ट वीन नियम लागु गर्नु परेको थियो। 



        जस अन्तर्गत फिजिक्स विभागका एलीन आङ्डेम्बेले ५ अंक, टाइब्रेक टु २३.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोश्रो स्थानमा उभिन सफल भएका छन्। उनले नगद रू. ५ हजार हात पारेका छन्। यस्तै हिस्ट्रोरी विभागका लेनिन बिष्टले पनि ५ अंक बनाएता पनि टाइब्रेकर टु २१ प्रोग्रेसिभ प्वाइन्टका आधारमा तेश्रो बन्न पुगेका छन्। समान ५ अंक बनाएका इलिस लहाल १८ प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो हुन पुगे। 

       सिनियर राष्ट्रिय निर्णायक सोराज ताम्राकारले समान ४.५ - ४.५ अंक बनाएका गौरव कार्की, अनुप साप विष्ट, राहुल योङ्हाङ्ग लिम्बू र रामचन्द्र देवकोटालाई पाँचौ देखि आठौं स्थान निर्धारण गरेका छन्। ४ - ४ अंक बनाएका मध्ये दिपक तिवारी र गोपाल प्रसाईंलाई नवौं र दशौं स्थान निश्चित गरेका छन्। 

       विश्वविद्यालय त्रि. वि. का रजिस्ट्रार पुष्पराज जोशीले २०३६ सालमा स्थापना भएको स्व. वि. यु. को सुनौलो इतिहासलाई कायम गर्न अध्यक्ष श्यामराज ओझा सहित २१ जनाको वर्तमान कार्य समिति निरन्तर कृयाशील भएर लागिरहेको अवगत गराएका छन्। जोशीले किर्तिपुर नाम सँग समकालीन रहेर जोडिएको टि यु विश्वविद्यालयको पहिचान देशै भरि व्यापक रहेको औल्याएका छन्। उनले यस यथार्थलाई बुझ्दै वर्तमान स्व वि यु नेतृत्वले विद्यार्थीको हकहित र आन्तरिक उत्थानमा समेत आवश्यक पाइला चालिरहेको प्रति सन्तुष्टि जनाएका छन्। 

Post a Comment

0 Comments