Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नेपाली चेस टोलिले हंगेरिको भिसा प्राप्त गर्न सकेन

अष्ट्रेलियावाट पुगेका विवेकले मात्र खेल्ने।

२६ भदौ, न्यू दिल्ली ।

        नेपाल बुद्धिचाल महासंघको लामो प्रयासका बाबजुद चेस टोलिले हंगेरिको भिसा प्राप्त गर्न असमर्थ भएका छन्। विश्व बुद्धिचाल महासंघ ( फिडे ) को आयोजनामा सेप्टेम्बर १० देखि २४ तारिख सम्म यूरोपको हंगेरि स्थित बुढापेष्टमा सञ्चालन हुने ४५ औ चेस ओलम्पियाडको खेल आजवाट शुरु भएको छ। 



            नेपालमा हंगेरि राष्ट्रको एम्बेस्सी उपलब्ध नभएका कारण नेपाली चेस टोलिले दिल्ली स्थित हंगेरि एम्बेस्सीमा केही समय अगाडि सहज भिसा प्राप्त गर्न अध्यक्ष र कोषाध्यक्षले समन्वय गरेका थिए। लगत्तै हंगेरि एम्बेस्सीले नेपालको जर्मन एम्बेस्सी मार्फत भिसा प्रकृया चलाउन दिएको सुझाव अनुसार नेपाल बुद्धिचाल महासंघ लागेको थियो। 


            नेपाल स्थित जर्मन एम्बेस्सीले नेपाली चेस टोलिलाई ४ तारिख अन्तर्वार्ताको समय दिएको थियो भने ५ तारिखमा भिसा अस्वीकृत गरेका थिए। तत्काल आयोजकलाई सुचना दिए पछि पुन: महासंघले जर्मन एम्बेस्सीमा अपील गरेका थिए। ११ तारिख देखि आरम्भ हुने ओलम्पियाड चेस खेलमा सहभागी बन्नु पर्ने र समय अभावका कारण भिसा प्राप्त हुने निश्चित नदेखिएको हुँदा नेपालले दिल्ली स्थित हंगेरि एम्बेस्सी जाने निर्णय गरेको थियो । दिल्ली स्थित हंगेरि एम्बेस्सीले नेपाली चेस टोलिलाई वोर्किङ आवरमा जति सक्दो छिटो पुग्नु भन्ने खबर प्राप्त गर्ने बित्तिकै राति नै यात्रा गरेको थियो ।

           नेपाली बुद्धिचाल खेल टोली भारतको दिल्ली स्थित हंगेरि एम्बेस्सी पुगेर आवश्यक प्रकृया पूरा गरि आज सेप्टेम्बर ११ तारिखमा हंगेरिको भिसा प्राप्त गर्ने योजनामा थिए। अनत्वगत्वा दिनको ३ बजे हंगेरि एम्बेस्सीले भिसा एप्लाई नगर्न सुझाब दिदै भिसा दिन असमर्थ रहेको जानकारी गराएका छन्। 

       नेपाल बुद्धिचाल महासंघले यूरोपको हंगेरि स्थित बुढापेष्टमा सम्पन्न हुने ४५ औं चेस ओलम्पियाडमा सहभागी हुन हेड अफ डेलिगेट अध्यक्ष हेराकाजि महर्जनको नेतृत्वमा फिडे डेलिगेट महासचिव धरम बहमदुर लामा, पुरुष टिम क्याप्टेन कोषाध्यक्ष तारा बहादुर रानाभाट र महिला टिम क्याप्टेन सदस्य राजु ताम्राकार पठाउने निर्णय गरेको थियो। 

         नेपाल बुद्धिचाल महासंघले २४ औं राष्ट्रिय प्रतियोगिता मार्फत प्रथम हुने राजन सुवेदी , द्वितीय हुने सिएम शुश्रुत दहाल, तृतीय हुने एफएम क्षितिज भण्डारीलाई छनौट गरेका थिए । उनीहरु संगै पूर्व नेपाल च्याम्पियन सिएम रुपेश जैसवाल र २२८१ उच्च रेटेड विवेक थिङ गरि ५ जना पुरुष खेलाडी हंगेरि पठाउने निर्णय गरेको थियो। अष्ट्रेलियावाट हंगेरि पुगेका एकमात्र नेपाली खेलाडी विवेक थिङ्गले र्‍यापिड र ओपनमा सहभागी जनाउने भएका छन्।

        यसै गरि महिला तर्फ नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशी, दोश्रो कृतिसरा अधिकारी, तृतीय पुजा भण्डारी , चौथो हुने शान्ति धिमाल र पूर्व वोमन च्याम्पियन सुजना लोहनी सहित ५ जनालाई ओलम्पियाडमा छनौट गरेका थिए। पूर्व च्याम्पियन डब्लू एफएम सुजना लोहनी ब्यक्तिगत कारण सहभागी नहुने भए पछि पाँचौं स्थान प्राप्त गरेकी रिया श्रेष्ठले मौका पाएकि हुन्। 

        नेपाल बुद्धिचाल महासंघले ४५ औं  चेस ओलम्पियाड बारे सुचना संप्रेषण गर्न कान्तिपुर टेलिभिजनका रिपोर्टर प्रदिप कुमार लेखी, पूर्व उपाध्यक्ष नारायण दास गमाल, काठमाडौं जिल्ला बुद्धिचाल संघका पूर्व अध्यक्ष अमृत चन्द्र श्रेष्ठ र विश्वविद्यालय खेलकुद संघका केन्द्रीय अध्यक्ष अनिल कुमार रिजाललाई साथमा लग्ने तय गरेको थियो । 

Post a Comment

0 Comments