Breaking News

6/recent/ticker-posts

Header Ads Widget

भोली देखि सुरु हुने प्रभु नारायण स्मृति प्रतियोगितामा विदेशी खेलाडीको पनि सहभागिता

गल्छी खबर। प्रथम प्रभु नारायण स्मृति चेस प्रतियोगिता आगामी भदौ २८ र २९ गते साउथ वेस्टर्न कलेजमा आयोजना हुँदैछ।



पहिलो पटक आयोजना गरिएको प्रभु नारायण स्मृति प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश: २०,०००, १५,००० र १०,००० रहेको छ भने उक्त प्रतियोगितामा प्रतियोगिहरुले जम्मा नगद पुरस्कार १,०४,००० पाउनेछन्।

हालसम्म २०० भन्दा बढी खेलाडीले नाम दर्ता गराईसकेको यस प्रतियोगितामा विदेशी खेलाडीहरुको पनि सहभागिता रहको आयोजकले जनाएको छ।



थप जानकारी र दर्ताका लागि एफए मिशन बास्कोटालाई ९८६१८८८१२४ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

आफ्नो रणनीतिहरू तयार गरी आफ्नो कौशल प्रदर्शन गर्न र शानदार पुरस्कारहरू जित्नको निम्ति आयोजकले सम्पूर्ण खेलाडीहरूलाई आव्हान गरेको छ।

Post a Comment

0 Comments