Breaking News

6/recent/ticker-posts

Header Ads Widget

ब्राईट फ्यूचरले उचाल्यो प्याब्सन धादिङको चेस उपाधि

गल्छी खबर। प्याब्सन धादिङले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा बेनिघाट रोराङको ब्राईट फ्यूचर ईंग्लिश स्कुलले कुशल प्रदशन गर्दै उपाधि उचाल्न सफल भएको छ।



धादिङको धुनिवेशी स्थित शान्तिदिप एकेडेमीमा संचालन गरिएको उक्त प्रतियोगितामा पुरुष तर्फ १ स्वर्ण र महिला तर्फ १ रजत हासिल गर्दै ब्राईट फ्यूचर प्रथम भ‌एको हो त्यस्तै महिला तर्फ १ स्वर्ण र पुरुष तर्फ १ सान्त्वना हासिल गर्दै गल्छीको द राइजिङ भिलेज ईंग्लिश स्कुल दोस्रो भ‌एको छ भने पुरुष तर्फ १ रजत ल्याउन सफल भ‌ई गजुरीको मुनाल एकेडेमी तेस्रो भ‌एको छ। गल्छी कै सक्सेस एकेडेमीले दुवै विधामा कास्य पदक हाता पार्दै सान्त्वना हुन सफल भ‌एको छ।


बुद्धिचाल प्रतियोगिताले स्मरण शक्तिको वृद्धि गर्ने, मानसिक रुपमा स्वस्थ राख्ने र विद्यार्थीहरुलाई शैक्षिक विकासमा समेत टेवा पुग्ने भन्दै विद्यार्थीहरुको लागि आगामी दिनमा पनि यो खेललाई निरन्तरता दिने प्याब्सन धादिङका ECA इन्चार्ज सन्जिव गजुरेलले बताए।


धादिङ जिल्लामा चेसको विकासको निम्ति आवश्यक सहयोग गर्न सधै तत्पर रहने धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष विकास कार्कीले जनाउनु भ‌एको छ भने धादिङकै महादेववेशीमा आगामी ५ देखि ७ गते सम्म संचालन हुने छैठौं नेशनल सिनियर S50 र जिल्ला च्याम्पियन प्रतियोगितामा सहभागी भ‌ई कार्यक्रम सफल बनाउन अनुरोध गर्नुभएको छ।

Post a Comment

0 Comments