Breaking News

6/recent/ticker-posts

Header Ads Widget

विवेकले हंगेरियन चेस खेलाडी बाकी बेन्सलाई माथ दिए

२९ भदौ, बुढापेष्ट । यूरोपको हंगेरि स्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक खुल्ला बुद्धिचाल दोश्रो चरणको खेलमा पनि विवेकले राम्रो प्रदर्शन गरेका छन्। नेपालका विवेक थिङ्ले हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी बाकी बेन्सलाई पराजयको नमीठो स्वाद चखाएका छन्। 


          ४५ औं ओलम्पियाडमा नेपाली टोलिलाई भिसा दिन अस्वीकृत गरेको हंगेरि देशकै खेलाडी माथि नेपालका विवेक थिङले उत्कृष्ट खेल प्रदर्शन गरि अर्को जीत दर्ता गरेका छन्। विवेकले पहिलो चरणमा अर्को भिसा नदिने जर्मन राष्ट्रका खेलाडीलाई पनि पराजित गरेका थिए। 

          नेपाली बुद्धिचाल खेलाडी विवेक थिङले दुई चरणको खेलवाट सतप्रतिसत नतिजा आत्मसाथ गर्दै स्पर्धामा अगाडि रहन सफल भएका छन् । क्याण्डिडेड मास्टर विवेकले तेस्रो चरणको खेलमा हंगेरीयन अन्तर्राष्ट्रिय मास्टर मेसजारोस आन्द्राससँग प्रतिस्पर्धा गर्नेछन्। नेपालका शीर्ष २२८२ रेटेड विवेक थिङले हंगेरियन २११९ रेटेड आन्द्राससँग कालोगोटी वाट प्रतिउत्तर दिनेछन्। 

     बुढापेष्टको स्पोर्ट्स हलमा सेप्टेम्बर १२ देखि सञ्चालन भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक चेस २१ सेप्टेम्बर सम्म ९ चरणको खेल हुनेछ। स्विस मानेजर सफ्टवेयर प्रयोग भएको स्पर्धामा क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट समय रहने छ। बुकोल्ज कट वा र टु , बर्गर सोनेबर्न र प्रोग्रेसिभ नियम लागु गरिएको प्रतियोगिता अन्तर्राष्ट्रिय निर्णायक जेडसल्ट कोर्पिक्सले सम्पन्न गर्नेछन्। 

       नेपाली खेलाडी क्याण्डिडेड मास्टरको अन्तर्राष्ट्रिय रेटिङ २२८२ रहेको छ । उनले दुई खेलवाट ४ रेटिङ वृद्धि गरि सकेका छन्। प्रतियोगिता भरि उनले १८ रेटिङ वृद्धि गर्न सके २३०० रेटिङ पर्फोमेन्सका आधारमा पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने छन्। 

        अष्ट्रेलियावाट हंगेरि पुगेका एक मात्र नेपाली खेलाडीले यूरोपियन भूमिमा राम्रो खेल पस्केर बुद्धिचाल खेलमा सम्भावना जगाएका छन्। प्रतियोगितामा पहिलो हुनेले ३ सय ७५ यूरो , दोस्रोले ३ सय यूरो, तेस्रोले २ सय ५० यूरो, चौथोले १ सय ७५ यूरो , पाँचौ हुनेले १ सय २५ यूरो पुरस्कार प्राप्त गर्ने छन्। 

           नेपाल बुद्धिचाल महासंघले ४५ औं चेस ओलम्पियाड खेलका लागि राष्ट्रिय प्रतियोगिता मार्फत खेलाडी छनौट गरेका थिए । छनौट भएका खेलाडीहरुलाई काजकिस्तानका ग्रायण्ड मास्टरवाट प्रशिक्षण प्रदान गरि पदक जित्ने लक्ष्य लिएको थियो। अफसोस आयोजक राष्ट्रले भिसा उपलब्ध नगराउदा खेलाडी निराश हुन पुगेका थिए । 

           विश्व बुद्धिचाल महासंघले नेपाल सहित २० राष्ट्रले भिसा प्राप्त गर्न नसकेको विषयमा चासो लिदै केही दिन पछि हुने बृहत् साधारणसभामा छलफल गर्ने जानकारी गराएका छन्। नेपाल सहित अन्य राष्ट्रले भिसा पाउन नसक्नु बेठिक भएको भन्दै महासंघले नेपालका लागि कुनै न कुनै तरिकाले क्षतिपूर्ति दिने वचन दिएका छन्।

Post a Comment

0 Comments