Breaking News

6/recent/ticker-posts

Header Ads Widget

मध्यपुरमा राष्ट्रव्यापी खुला फिडे ऱ्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता

नेपाल क्रान्तिकारी युवा संघको ३४ औं स्थापना दिवसको अवसरमा नेक्रायुसंघ, मध्यपुर नगर समितिको आउोजना र भक्तपुर चेस क्लवको सहआयोजनामा राष्ट्रव्यापी खुला फिडे ऱ्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उद्घाटन आज थिमिको एक्टिभ स्कुलमा सम्पन्न भयो ।



सो खेलको उद्घघाटन बागमती प्रदेश सांसद एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाई र नेमकिपा, मध्यपुर नगर समितिका अध्यक्ष  रमेश बैद्यले गोटी चाली गर्नुभएको थियो ।



सो कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै सुरेन्द्रराज गोसाईले वर्तमान समयमा प्राय सबै डिजिटल ड्रग्सको कुलतमा फसेको अवस्थामा चेस खेलले युवा पुस्तालाई  स्वस्थ र सिर्ननशील रहन मद्दत पुप्याउने विचार राख्नुभयो । कम लगानीमा समाजमा मैत्रीपूणर् भावना विकास गर्दै सहजरुपमा खेल्न सकिने चेसले चाडपर्वको अवसरमा समेत युवा - विधार्थीलाई विकृति र विसंगतिबाट टाढा राख्न उत्प्रेरित गर्ने कुरा प्रस्ट्याउनुभयो ।


वहांले खेलाडीले खेलमात्रै खेलेर नपुग्ने, राष्ट्रिय - अन्तराष्ट्रिय घटना र परिवेशबारे जानकारी नराखे प्यालेस्टाइनमा साम्राज्यवादी अमेरिका र त्यसको कठपुतली इजरायलको गरेको आक्रमणमा जस्तै खेल खेल्दाखेल्दै, विद्यालयमा पढ्दापढ्दै तथा अस्पतालमा उपचार गर्दा गर्दै सर्वसाधारणले ज्यान गुमाउनुपर्ने सम्भावना रहने कुराको संकेत गर्नुभयो ।

आफ्नो गुमेको जमिन माग्दा बम बारूद पड्काएर नरसंहार गर्ने अमेरिकी साम्राज्यवाद कायर भएको तथ्य युवा तथा खेलाडीहरूले समयमै बुझेर शान्तिको पक्षमा र अन्यायको बिरूद्धमा आवाज बुलंद गर्नुपर्नेमा जोड दिनुभयो ।

नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष रमेश बैद्यले खेलले युवाहरूलाई सक्रिय र जागरूक बनाउने हुँदा युवाहरू देशको सार्वभौमिकता जोगाउन सचेत हुनुपर्ने कुरा राख्नुभयो ।

सो कार्यक्रममा नेक्रायुसंघ, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष एवं  प्रतियोगिताका चिफ आर्विटर फिडे राजकुमार लघुले युवाहरूमा खेलकुदको माध्यमबाट देशभक्तिपूणर् भावना जगाउनु पर्ने विचार राख्नु हुँदै सम्पूणर् कामदार युवाहरू समाजवादी ब्यवस्था स्थापनाको संघर्षमा एकबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल बुद्धिचाल संघका आइए निरन्जन प्रजापतिले खेलको नियमबारे जानकारी दिनुभएको थियो ।

नेक्रायुसंघ, मध्यपुरका उपाध्यक्ष बीरकृष्ण प्रजापतिले स्वागत तथा सुरोज प्रजापतिले संचालन गर्नु भएको सो कार्यक्रम सुरेन्द्र थाको सभापतित्वमा भएको थियो ।

 आज सम्पन्न प्रतियोगितामा  बर्तमान नेपाल च्याम्पियन राजन सुबेदी लगायत पुर्व नेपाल च्याम्पियनहरु बद्रीलाल नेपाली , नविन तण्डुकार, पुरुषोत्तम चौलागाई बर्तमान नेशनल जुनियर च्याम्पियन  पुरुषोत्तम सिलबाल र राष्टिय खेलाडी निकेन कुसाथा ,सुरोज मर्हजन , धिरेन राई। बिक्रम चोकामी समान ४ अंक सहित  अग्रस्थानमा छन । त्यस्तै राजन पुरी, राहुल चौ प्रधान,कपिलदेव नाथ साढे ३ अंक सहित पछयाइरहेका छन् ।

देशभरीबाट १७६ जना सहभागि सो प्रतियोगिता ९ चरणमा दुई दिनसम्म चालु हुने कुरा आयोजक समितिले जानकारी दिएको छ ।

Post a Comment

0 Comments