Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नेपालका विवेक थिङले जर्मनका हाहन निक्लस माथि सहज जित दर्ता गरे।

 २८ भदौ, हंगेरि।

            विश्व बुद्धिचाल महासंघले आयोजना गरिरहेको ४५ औं चेस ओलम्पियाड खेल्न हंगेरिको बुढापेष्ट पुगेका विवेक थिङले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक रिङ्ग एक्स्पो क्लासिक बुद्धिचाल खेलमा सहभागी हुने मौका पाएका छन्। नेपालवाट ९ जना खेलाडीले जर्मन एम्बेस्सी मार्फत भिसा पाउन असमर्थ भएका कारण अष्ट्रेलियावाट पुगेका विवेकले एक्स्पो खेलेका हुन्। 



           संयोग पनि कस्तो रह्यो भने पहिलो चरणको खेलमा नेपालका विवेक थिङले प्रतिद्वन्द्वीका रुपमा जर्मनका हाहन निक्लस संग प्रतिस्पर्धा गर्नु परेको थियो। नेपाली खेलाडीहरुको भिसा उपलब्ध गर्न असमर्थ जनाएको जर्मन एम्बेस्सीकै राष्ट्रका कमजोर खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहज पराजित गरेका छन्। 



         हंगेरि चेस संघको आयोजनामा सेप्टेम्बर ९ देखि २१ तारिख सम्म सञ्चालन भइरहेको ओलम्पिक रिङ्ग एक्स्पो क्लासिक चेस प्रतियोगिता ११ राष्ट्रका दुई अन्तर्राष्ट्रिय मास्टर, दुई क्याण्डिडेट मास्टर सहित २६ अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ। नेपालका विवेक थिङ सहित अमेरिका, जर्मन, इटाली, रोमानिया, डेनमार्क, युक्रेन, हंगेरिया, पर्सिया, घाना, नाइजेरियाका खेलाडीहरु प्रतिस्पर्धामा छन्। 

      आओ होर्भाट सिसाभाको रेखदेखमा सञ्चालन भइरहेको प्रतियोगितामा प्रमुख निर्णायक आईए कोर्पिक्स जेडसल्ट रहेका छन्। नेपालका उच्च २२८२ रेटड सिएम विवेक थिङ शीर्ष खेलाडी रहेका छन्। उनले यस प्रतियोगिता मार्फत ब्यक्तिगत १८ रेटिङ बढाए रेटिङ पर्फोमेन्सका आधारमा पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने छन्। 

       अर्को संयोग नेपालका विवेक थिङले दोश्रो चरणको खेल हंगेरिका बाकल बेन्स सँग प्रतिस्पर्धा गर्ने भएका छन्। भारतको दिल्ली स्थित हंगेरि एम्बेस्सीले नेपाली टोलिलाई भिसा एप्लाई गर्दै नगर्न सुझाब दिएका थिए। ४५ औं ओलम्पियाडमा विश्वका १९७ राष्ट्रको बहुसंख्यक सहभागीता गराउने कुरालाई सुनिश्चितता गर्न नसकेर पहिलो चरणको खेलमा २० राष्ट्रका पुरुष टोलि र २० राष्ट्रका महिला टोलीले भिसा समस्याका कारण हंगेरि पुग्नवाट वञ्चित भएका छन्। 

          अन्तर्राष्ट्रिय प्रतियोगितामा ९० मिनेट ३० सेकेन्डको इन्क्रिजमेण्ट क्लासिकल खेल निकै स्तरीय हुने गर्दछ। नेपालका विवेक थिङलाई आयोजकले दर्ता शुल्क फ्रि गरेका छन् भने पहिलो स्थान हात पारे ३ सय ७५ यूरो पुरस्कार प्राप्त गर्नेछन्। 

Post a Comment

0 Comments