१० कार्तिक , ललितपुर ।
नेपाल सम्बत् प्रवर्तक शंखधर साख्वाको स्मृतिमा नेपाल सम्बत् ११४५ न्हुदँ समारोह समिति ललितपुरले दुई दिने राष्ट्रब्यापी र्यापिड रेटिङ्ग चेस प्रतियोगिता गर्ने भएको छ। यहि कार्तिक १३ र १४ गते विगत वर्ष झैं न्हुदँको पूर्व सन्ध्यामा बुद्धिचाल खेलको मध्यमगतिमा खेलिने र्यापिड चेस खेल नेपालभाषा मंकाःखलः,यलको दबूछें भित्र हुने भएको छ।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य एवं प्रतियोगिताका संयोजक राजु ताम्राकारले नेपालका शीर्ष ८० जना खेलाडी सहभागी रहने जानकारी गराएका छन्। स्पर्धामा उत्कृष्ट स्थानीय दुई खेलाडी, उत्कृष्ट तिन महिला खेलाडी र विजेता, उपविजेता लगायत दशौं स्थान प्राप्त गर्ने खेलाडीलाई नगद ६० हजार पुरस्कार प्रदान गरिने छ।
तेस्रो नेपालभाषा मंकाः खलः,यल बुद्धिचाल खेलका विजेताले नगद १० हजार , द्वितीय हुनेले ७ हजार, तृतीय हुनेले नगद ५ हजार , चौथो हुनेले ४ हजार र पाँचौ देखि दशौं स्थानमा रहने प्रत्येकले नगद ३ हजार जनही प्राप्त गर्ने छन्। उत्कृष्ट लोकल प्रथमले २ हजार ५ सय , द्वितीयले १ हजार ५ सय पाउने छन् भने उत्कृष्ट महिला प्रथम, द्वितीय र तृतीय स्थान हुनेले क्रमश: नगद ५ हजार, ४ हजार र तिन हजार हात पार्ने छन्।
न्हुदँ समारोह समिति - ११४५, ललितपुरको आयोजना र नेपालभाषा मंका खलः,यलको संयोजनमा राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिता सँगसँगै सानुकाजि महर्जनको संयोजकमा दोस्रो पटक १० किमि राष्ट्रब्यापी दौड, अमीर महर्जनको संयोजकमा १५ किमि साइकल र्यालि, बिनोद ताम्राकारको संयोजकमा रक्तदान, छालादान, आँखा दान, सुगर प्रेसर जाँच, प्रेम महर्जनको संयोजकमा भिन्तुना कालबिल र दीप प्रज्वलन कार्यक्रम गरिने भएको छ।
नेपाल सम्बत् ११४५ न्हुदँ समारोह समितिले कार्तिक १७ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा नयाँ वर्षको शुभारम्भ समारोह ललितपुरको मंगलबजार कार्तिक दबलिमा हुने जानकारी गराएका छन्। यसै समारोहमा विभिन्न प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार वितरण गरिने जानकारी गराएका छन्।
0 Comments