Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गैरकानुनी रुपमा सेकुरिटीगार्डमा भर्ना गर्ने भन्दै केटिएम मेनपावरको ठगीधन्दा

गैर कानुनी रुपमा कतार प्रहरीमा जागिर लगाईदिने भन्दै केटिएम (KTM) इन्टरनेशनल प्रा.लि.ले ठगी धन्दा चलाएको छ । नेपाल सरकारबाट कतार प्रहरीमा भर्ना गर्न स्विकृत नलिई घुमाउरो बाटोबाट कतार प्रहरीमा भर्ना गरिदिने भन्दै मेनपावर कम्पनीले रकम असुली गरिरहेको छ । सेकुरिटीगार्डको स्विकृती लिई कतार प्रहरीमा नै हो भन्दै एउटै व्यक्तिसँग १३ लाख असुली गरिएको छ । 





केटिएम (KTM) मेनपावर कम्पनीले सेकुरिटी गार्डमा कामदार छनौटका लागि नेपाल सरकार बैदेशिक रोजगार विभागको मिलोमतोमा मिति २०८० माघ १९ गते पूर्व स्विकृती प्राप्त गरेको भनिकेही राष्ट्रिय दैनिकहरुमा विज्ञापन प्रकासित गरिएको छ । कतार पु¥याएर कतार प्रहरीमा नै जागिर सुनिश्चित गराउने भन्दै ५०० युवा–युवतीबाट प्रति व्यक्ति १३ लाखको दरले रु.६,५०,०००,०००(पैसठ्ठी करोड) रकम उठाएको विशेष श्रोतले जानकारी दिएको छ  । कतारको मिनिस्ट्रीअफइन्टेरिएर (कतारको गृह मन्त्रालय) मा सिधै भर्ना गर्न कानुनी मान्यता नभएपछि सेकुरिटीगार्डको रुपमा कामदार छनौट गरी कतार पु¥याएर कतार प्रहरीमा जागिर पाउने प्रलोभनमा युवाहरु केटिएम मेनपावरबाट ठगिएका छन् । यो चलखेलमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार विभाग र कतार स्थीत नेपाली दुतावासको समेत संलग्नता रहेको श्रोतको दावी छ । विगतमा पनि कतार प्रहरीमा जागिर लगाउने भन्दै अलताक्वेत (AL- TAUQET) मेन पावर कम्पनीले २०७८ भाद्र १३ गते सरकारबाट पूर्व स्विकृत लिई ठगि धन्दा चलाएको थियो । तर मेनपावर कम्पनीले ठगि गरेको पोल खुलेपछिअन्तिममा बैदेशिक रोजगार विभागले अलताक्वेत मेनपावरलाई कारवाही गरेको थियो । 

नेपाल सरकारको नियमअनुसार नेपालबाट मेनपावर कम्पनीले जुनकम्पनी र जुन क्षेत्रको लागि जनशक्ति लैजाने हो सोहि अनुरुप कतार पुगेपछी काम गर्नुपर्दछ । कतार पु¥याएर काम परिवर्तन गर्नूलाई गैर कानुनी मानिन्छ । पत्रिकामा प्रकाशित विज्ञापन अनुुसार आगामी फागुण ९ देखि १३ सम्म हायात रेजेन्सी तारागाँउ, बौद्घमा अन्तवार्ताको मिति तय गरिसकिएको छ । केटिएम इन्टरनेशनल प्रा.लिले गरेको यस्तो हर्कतमा मन्त्रालय र बैदेसिक रोजगार विभाग मौन रहनु भनेको यसबाट प्राप्त हुने लाभको अंशियार बनाईएको श्रोतले दाबी गरेको छ ।इजराइल र प्लालेष्टाईन द्वन्दले मध्यपूर्वमा असान्त भईरहेको अहिलेको अवस्थाका नेपालीहरुलाई कतारमार्फत प्लालेष्टाईनमा प्रयोग गरीने आसंका उत्पन्न भएको छ । नेपालीहरुले रसिया र युक्रेनमा भोग्न परेको स्थितिलाई गम्भिरता पूर्वक विश्लेषण गरी पराराष्ट्र मन्त्रालयले कतारको राजदुतलाई स्पष्टिकरण माग्न जरुरी छ । 


Post a Comment

0 Comments