धादिङ । धादिङ संचार सहकारी संस्था लि. को १० औं बार्षिक साधारण सभाबाट आगामी तीन वर्षका लागि बद्रि अधिकारीको अध्यक्षतामा सर्वसम्मतबाट नयाँ संचालक समितिको चयन गरिएको छ ।
पत्रकारहरुद्धारा संचालित धादिङ संचार सहकारी संस्था लि.को साधारण सभाबाट गल्छी खबरका सन्दिप घिमिरे संचालक सदस्य र सन्तोष अधिकारी लेखा समिति सदस्यमा चयन हुनु भएको हो ।
संस्थाको १० औं वार्षिक साधारणसभा बुधबार ससाहमा सम्पन्न भएको हो । साधारण सभाबाट संचालक समितिको उपाध्यक्षमा शिवराज आचार्य र मनिष दुवाडी, महासचिवमा अर्जुन श्रेष्ठ, सचिवमा निरमाया गुरुङ (डोल्मा) र कोषाध्यक्षमा रेख बहादुर गुरुङ सर्वसम्मत भएका छन् । त्यस्तै सदस्यहरुमा सन्दिप घिमिरे, अर्चिता उप्रेती, राजाराम डंगोल, निर तामाङ र गणेश पाण्डे चयन भएका छन् ।
साधारण सभाले विभिन्न उपसमितिहरु पनि निर्माण गरेको छ । जस अनुसार लेखा समितिको संयोजकमा सन्तोषराज श्रेष्ठ सदस्यहरुमा लक्ष्मी भुजेल र सन्तोष अधिकारी रहेका छन् । सहकारी संस्थामा हालसम्म ५९ जना सदस्यहरु रहेका छन् । सहकारीले धादिङका पत्रकारहरुको हक हित तथा सहकारी व्यवस्थापन सम्बन्धी विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।
0 Comments