Breaking News

6/recent/ticker-posts

Header Ads Widget

साप्ताहिक राशीफल माघ २१ देखि २७ गतेसम्म:- ज्योतिष पूर्ण रेग्मी

 गल्छि खबर ,

साप्ताहिक राशीफल 

माघ २१ देखि २७ गतेसम्म।

Photo source :- Google


१-मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

 प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ तापनि यो सातामा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । केही अर्थ समस्या सामना गर्नुपर्ने छ भएपनि दाम्पत्य जीवन सफल रहनेछ । लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला । रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। 


२-बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

यो सातामा कार्य क्षेत्रमा सुधार आउनेछ । राजनीतिक भ्रमण गरेमा राम्रो छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । इस्टमित्र साथीभाइसँगको भेटघाट रमणीय हुनेछ । शुभकार्यको चर्चा चल्ने र नयाँ काम सुरु गर्ने समय छ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनसक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मनोरञ्जनमा पनि सहभागी भइनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ । विद्यार्थीहरुका लागि यो साता राम्रो छ । नवीन कार्य गर्दा विचारपूर्वक गर्नुहोला । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ ।


 ३-मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

 यो साता पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ । साताको मध्यमा शेयर बजारले साथ नदेला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ अध्ययनका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। बिहीवारदेखि काम, दाम र स्वास्थ्यमा केही समस्या आउने सम्भावना देखिन्छ। 


४-कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

 यो साता महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु राम्रो होला । अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्नेछ मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभ कार्यमा सरिक भइनेछ । मध्य सातामा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । पुँजी बजारको लगानीमा पनि विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ । । मित्र सहयोगीहरुबाट काममा शुभ छ । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ । 


५-सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

 यो साता चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ ।नयाँ सवारी साधनको योग छ । सामाजिक सेवाको काम गर्नुहोला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजिक र राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । धातुको कार्य पहिलेकोे तुलनामा नयाँ स्थान राम्रो हुने देखिन्छ । कुनै कुराले मनखुसी र प्रसन्न पनि रहनेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वैदेशिक क्षेत्र भने कमजोर नै रहला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग कालो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । पारिवारिक माया प्रेममा कमी हुने छैन । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ । सोचे अनुसारको फल पुरानो काममा नै मिल्ने छ । ठूला कार्यमा निर्णय लिनु ठीक छैन । सामान्यतः भाग्य राम्रो छ । स्वास्थ्यमा केही बाधा हुने देखिन्छ । दाम्पत्य जीवन सफल रहनेछ । साताको अन्त्यमा अर्थ समस्याको समाधान निस्कने छ । 


६-कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

 यो हप्ता ।तारिफयाेग्य काम गर्दै नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शेयर बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । मिल्नेछ ।सप्ताहान्तमा बेसुरमा निर्णय लिने बानीले समस्या निम्त्याउनेछ। काम बिग्रने डरले सताउन सक्छ। आफ्नैले धोका दिनेछन्। नजिकका साथीभाइसँग दूरी बढ्ने सम्भावना छ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ। कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।


७-तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

यो साता यो साता अलि संघर्षमय रहला। धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। आँटेका काममा विभिन्न क्षेत्रबाट बाधा हुनेछ। तापनि मंगलवारदेखि भाग्यले साथ दिने हुँदा नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । मध्य सातामा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ । विद्यार्थीलाई भने उपलब्धिमूलक रहनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। दिगो काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। बिहीवार र शुक्रवार घरेलु समस्यामा अल्झनुपर्ला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा काममा धोका पाइनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पर्पल वा सेतो हो । 


८-वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

यो साता अनावश्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेम सम्बन्धमा सामान्य नराम्रो देखिन सक्छ । नवमित्र क्षेत्रबाट बाधा अड्चन आई केही दुःख मानसिक कष्ट भोग्नु पर्नेछ । निवास परिवर्तन गरी बस्नु उचित देखिन्छ । मध्य सातामा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । जग्गासम्बन्धी कारोबारमा केही लाभ हुन सक्नेछ । पहिलेका प्रियजनहरुसँग भेट हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शिक्षामा लाभ हुने समय चलेको छ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । मधुर भोजन र पारिवारिक संयोगले मन प्रशन्न हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।


९-धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

यो साता प्रारम्भमा केही दौडधुपका साथ काममा जुट्नुपर्ला। खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम दोहोर्याउनुपरे पनि मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्तसँग भेटघाट हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । लाभांशले उत्साह जगाउनेछ र आवश्यकता पूरा हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। रमाइलो जमघट र स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। बाेलीकाे प्रभाव बढ्नेछ। प्रशंसकहरूले तारिफ गर्नेछन् अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउन सक्छ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।


१०-मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

यो सातामा प्राविधिक काममा बढी सफलता मिल्ला । ।जग्गा जमिनको कार्य गरेमा राम्रो छ । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । शिरसम्बन्धी हल्का रोग देखापर्ने छ । ठूला जलक्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । विद्या र बुद्धिको विकास हुनेछ । रमणीय र सुखद् व्यावसायिक यात्राको योग छ । पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ । उन्नति प्रगतिका लागि धातु व्यवसाय सुरुवात गर्ने योग देखिन्छ । आँटेको र ताकेको कार्य पुरा हुन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सहकर्मी मित्रहरुबाट राम्रो सहयोग सद्भाव मिल्ने छ । यो साताको अन्त्यमा केही आर्थिक लाभ मिल्ने देखिन्छ । परिवारमा सुख प्राप्त हुने समय छ । धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ । 


११-कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 यो साता धार्मिक क्षेत्र र रमणीय यात्राको योग छ सामाजिक काममा सरिक भइनेछ। । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम प्रारम्भ हुनेछ भने रचनात्मक कामको यश लिने अवसर प्राप्त हुनेछ। नोकरी र पेसा–व्यवसायमा प्रगति हुनेछ। व्यापार बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । नयाँ अध्ययनले उचाइको बाटो समाउनेछ। तारिफयोग्य कामले विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। आम्दानीका स्रोत जुट्नेछन्। भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ। बिहीवार र शुक्रवार भने आकस्मिक खर्च बढ्नेछ। आफन्त टाढिनेछन्। काम राेकिनेछ र यात्रामा समस्या आउनेछ। यो साताका लागि शुभ अङ्क ३, ६ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 


१२-मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । झैझमेलाको अवस्था आउला । सामान्य स्वास्थ्य बाधा हुनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । कार्यक्षेत्रबाट धन प्राप्तिको योग छ । हाइड्रो एवं बिजुलीसम्बन्धी सेयर व्यवसाय फस्टाएर जानेछ । वैदेशिक यात्रामा सामान्य ढिला सुस्ती हुनेछ । पार्टनरसिप व्यवसायबाट फल राम्रै मिल्नेछ । सकभर यो साता सवारी यात्रा कमै गर्नुहोला । प्रेम प्रसङ्गले घर परिवारमा सामान्य मतभिन्नता हुनेछ । सहकर्मीहरुबाट राम्रो सहयोग सद्भाव रहने छ । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । केही कार्यगत समस्या सामना गर्नु पर्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ ।यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।


Post a Comment

0 Comments