Breaking News

6/recent/ticker-posts

Header Ads Widget

वडा अध्यक्ष कप चेस भोलि देखि शुरु

ललितपुर। महालक्ष्मी नगरपालिका ९ नं. वडाका अध्यक्ष जयकृष्ण बोगटीको सकृयतामा शुक्रबार र शनिबार दुई दिने वडा अध्यक्ष कप र्‍यापिड बुद्धिचाल प्रतियोगिता भोलि देखि शुरु हुने भएको छ। स्थानीय राष्ट्रिय खेलाडीहरुको खेल स्तर वृद्धि गराउन अबसरहरु श्रृजना गर्ने मूल उदेश्यका साथ वडा नं. ९ ले चेस प्रतियोगिता आयोजना गर्न लागेका हुन्। 



         महालक्ष्मी नगरपालिका बुद्धिचाल संघ , ललितपुरको समन्वयमा सञ्चालन हुने प्रतियोगिताको कूल पुरस्कार नगद रु. १ लाख २३ हजार वडा नं.९ कार्यालयले प्रदान गर्ने छन्। प्रतियोगितामा श्रीलंकाका डब्लू आईएम सचिनि रनासिंघे, वर्तमान नेपाल च्यनम्पियन रूपेश जैसवाल, पूर्व नेपाल च्याम्पियनहरु, फिडे मास्टर्स, एआईएम, सिएम, एसिएम लगायत शिर्षस्थ १५० जना खेलाडीहरुको सहभागीता रहनेछन् । जस मध्ये ३३ जना खेलाडीहरुले विभिन्न विधा अन्तर्गत पुरस्कार रकमका लागि प्रतिस्पर्धा गर्नेछन्। 


        देशभरका विभिन्न जिल्लावाट सहभागी रहने बुद्धिचाल प्रतियोगिताका विजेताले वडा अध्यक्ष कप सहित नगद रु. २५ हजार हात पार्ने छन्। त्यसैगरी उपविजेताले नगद १५ हजार, तेश्रो हुनेले १० हजार , चौथोले ८ हजार, पाँचौंले ७ हजार, छैटौंले ६ हजार, सातौंले ५ हजार, आठौं र नवौं हुनेले ४/४ हजार र दशौं स्थानमा रहनले ३ हजार प्राप्त गर्नेछन्। साथ साथै महिला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले ६ हजार नगद , उत्कृष्ट ललितपुर प्रथम द्वितीय , उत्कृष्ट महालक्ष्मी प्रथम द्वितीय, उत्कृष्ट भेट्रान प्रथम द्वितीय, उत्कृष्ट अनरेटेड प्रथम द्वितीय, रेटिङ्ग १८ सय र १६ सय मुनिका प्रथम द्वितीय, युवा १८/१६/१४/१२ वर्ष मुनिका प्रथम द्वितीयले समेत नगद रु.३० हजार प्राप्त गर्नेछन्। 

         विश्व बुद्धिचाल महासंघ, एशियन बुद्धिचाल महासंघ, नेपाल बुद्धिचाल महासंघ, ललितपुर जिल्ला बुद्धिचाल संघ लगायतको माथिल्लो निकाय मातहतमा सञ्चालन हुने वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिताको उदघाटन महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले गर्ने तय भएको छ। महालक्ष्मी नगरपालिकाको वडा नं ९ स्थित सशम्भु चौरको हलमा सञ्चालन हुने प्रतियोगिताको प्रमुख निर्णायक एनए सोराज ताम्राकारले गर्ने छन्।

Post a Comment

0 Comments