चैत १० गते, ललितपुर। महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा संचालन भएको प्रथम वडा अध्यक्ष कप रापिड बुद्धिचाल प्रतियोगिता २०८० को उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेस जैसवालले हात पारेमा छन्।
ललितपुर महानगरपालिका वडा नम्वर ११ बाट प्रतिनिधित्चव गरेका रुपेसले नवौं चरणको खेलमा पुर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली संग बराबरी खेलि सात खेलमा जीत र एक खेलमा बराबरी खेलेर साढे ७ अंक जोडेका थिए।
आठौ चरणको खेलमा कमल श्रेष्ठलालाई पराजित गरेका रुपेश पाँचौ चरणको खेलमा शुसुरत दाहलसंग पराजित भएता पनि खेलमा फर्किएका थिए। उनले २५ हजार नगद पुरस्कार पाउन सफल भए।
त्यसैगरी बद्रीलाल नेपाली दोस्रो र थापाथली चेस पार्क क्लवका सुशील चौधरी तेस्रो स्थानमा रहे। बद्रीले १५ हजार र सुशीलले १० हजार नगद प्राप्त गरे। त्यस्तै झापाका बिजेश राजकर्णिकार चौथो स्थानमा र श्रुरत दाहाल पाँचौ स्थानमा आफुहरुलाई उभ्याउन सफल भए।
महालक्ष्मी नगरपालिकाको शसंभु चौर स्थित कभर्डहलमा आयोजित दुई दिने प्रतियोगितामा काभ्रेका फिडे मास्टर क्षितिज भण्डारी , झापाका राजन सुवेदी मकवानपुरका मिलन लामा, ललितपुरका सुरोज महर्जन र क्रमश छैटौं देखि दशौ स्थानमा रहन सफल भएका छन्।
३३ जना खेलाडीहरुलाई नगद पुरस्कार व्यवस्था गरिएको प्रतियोगितामा सजिन महर्जन र संजय महर्जन ललितपुर विजेता र उपविजेता भए। महालक्ष्मी नगरपालिका तर्फ कमल श्रेष्ठ र अशोकमोहन श्रेष्ठ प्रथम र दोस्रो स्थानमा रहे। भेट्रानमा पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकार उत्कृष्ट ठहरिए चने जगन्नाथ ताम्रकार दोस्रो भए।
त्यसैगरी महिलातर्फ श्रीलंकाका सचिने रणासिंगे प्रथम भईन भने सिन्दिरा जोशी दोस्रो र पुनम प्रसाईं तेस्रो भईन। अनरेटेडमा शैलेश श्रेष्ठ र यु १२ मा अग्रता आचार्य उत्कृष्ट भए।
महालक्ष्मी महानगरपालिकाको नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उप मेयर लक्ष्मी महर्जन नेपाल बुद्धिचाल महासंघका कावा अध्यक्ष हेराकाजी महर्जन र महालक्ष्मी नगरपालिका ९ का अध्यक्ष जयकृष्ण बोगटीले पुरस्कृत गरे।
दुई दिने प्रतियोगितामा ११६ जना खेलाडीहरुको सहभागी रहेको थियो।
0 Comments