Breaking News

6/recent/ticker-posts

Header Ads Widget

राष्ट्रिय उमेर समुहमा बुद्धिचाल प्रतियोगीता सम्पन्न !

१२ बैशाख, विरगञ्ज ।  वीरगन्जमा आयोजित तीन दिवसीय राष्ट्रिय बुद्धिचाल प्रतियोगीता सम्पन्न भएको छ । नेपाल बुद्धिचाल महासंघको समन्वयमा पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको सयुँक्त आयोजनामा मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिप बुधवार सम्पन्न भएको हो । 



                         प्रतियोगीतामा १८ वर्ष मुनितर्फ काठमाडौंका पुरुषोत्तम सिलवाल प्रथम, उमेश भट्ट द्वितिय र शुभम श्रेष्ठ तृतिय भएका छन् । १६ वर्ष मुनीतर्फ पविलिओन्स चेस एकेडेमीका अनुष्ण गौतम प्रथम, पविलिओन्सकै आद्यन्त काफ्ले द्वितिय भ‌ए भने विरगञ्जका क्षितिज सेन तृतिय भएका छन् । १४ वर्ष मुनीतर्फ बाँकेका अनुपजंग शाह प्रथम, कृषान्त घिमिरे द्वितिय र पविलिओन्स चेस एकेडेमीका कशिव कार्की तृतिय भएका छन्  । 

           १२ वर्ष मुनीतर्फ मिसन युथ कल्बका अबिन पाण्डे प्रथम, पविलिओन्स चेस एकडेमीका ओस्कार पन्थी द्वितिय र मकवानपुरका सरल मैनाली तृतिय भएका छन् । १० वर्ष मुनीतर्फ पविलिओन्स चेस एकडेमीका अग्रिम सैँजु प्रथम, काठमाण्डौका हार्दिक पन्त द्वितिय र ललितपुरका साहस श्रेष्ठ तृतिय भएका छन् । ८ वर्ष मुनि तर्फ पविलिओन्स चेस एकडेमीका सुनभ ओझा प्रथम, आर्थव त्रिपाठी द्वितिय र आगमन ठकुरी तृतिय भएका छन् । 


     त्यसैगरी छात्रा अन्तर्गत १८ वर्ष मुनीतर्फ विरगञ्जका सनम श्रेष्ठ विजेता भ‌ईन भने विरगञ्जकै साक्षी साह उपविजेता बनेकी छिन् । १६ वर्ष मुनि पुर्णिमा गुरुङ प्रथम, उज्जीवनी कँडेल द्वितिय र बिनिता प्रजापती तृतिय भएकी छिन्। १४ वर्ष मुनीतर्फ स्नेहा कुमारी साह विजेता र सृष्टि साह उपविजेता बनेका छन् । १२ वर्ष मुनी मिसन युथ क्लवकी बिबिशा तामाङ् विजयी हुँदा पाविलिओन्स चेस एकेडेमीकी तचिता अग्रवाल उपविजेता बनेकी छिन् । १० वर्ष मुनी ईशा गिरी प्रथम, सिम्रन गुरुङ द्वितिय र कृतिमा तिमिल्सीना तृतिय भएका छन् । ८ वर्ष मुनीतर्फ पाविलिओन्स चेस एकेडेमीकी अग्रता आचार्य विजेता हुँदा आर्जु रोकाय उपविजेता बनेकी छिन् । 

          नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धर्म बहादुर लामाले खेलकुदलाई व्यवसायिकरण गराउनका लागि तीन वटै तहका सरकार उदासिन रहेको प्रति चिन्ता व्यक्त गरे । खेलकुदलाई हेर्ने राज्यको दृष्टिकोण नफेरिएसम्म खेलकुदको विकास हुन नसक्ने उनको धारणा छ ।       

            नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारले सबै उमेर समूहका विजेताहरु आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन यूथ चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउने बताएका छन् । 

                बैशाख १० गतेदेखि सुरु भएको प्रतियोगीतामा नेपालगञ्ज, बुटवल, मोरङ्, काठमाण्डौ, भक्तपुर लगायतका जिल्लाबाट ७५ जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।

             समापन कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगन्जमा राष्ट्रिय स्तरका खेलकुद गतिविधि बढ्दै गएको प्रति खुशी व्यक्त गरे ।

Post a Comment

0 Comments