योग भन्ने बित्तिकै सबैले बुझ्ने सरल भाषामा जोड हो। योग शब्द संस्कृत भाषाको युज धातुबाट व्युत्पन्न भएको हो । जसको अर्थ हुन्छ जोड । योग भनेको जोडिनु नै हो । जस्तैः कोही कसैसँग मिल्नु पनि योग नै हो। यो सामान्य अर्थमा योग भनेको के भनेर भयो। अहिले सबैभन्दा बढी बोलिने शब्दमा पर्छ। अहिले सबैको मुखमा योग भन्ने नै सुनिन्छ। योग गर्नुपर्छ । योग चाहिन्छ । योगले स्वस्थ भइन्छ । योग गरेपछि रोग लाग्दैन। त्यसो भए योग भनेको के हो त ?
अब यसलाई गहिरो रूपमा बुझ्दा योग भनेको शारीरिक, मानसिक, बौद्धिक र आध्यात्मिक रूपमा जोडिनु अथवा रूपान्तरण हुनु नै योग हो। योग एक अभ्यास हो, जसमा आत्मा र शारीरिक स्वास्थ्यको संघर्षमा संतुलन राख्ने उद्देश्य छ। योग ध्यान, प्राणायाम, आसन, र ध्यानको संयोगको माध्यमबाट शारीरिक, मानसिक, र आध्यात्मिक विकासको प्रक्रिया हो। योगले ध्यान र आत्म-संयमको माध्यमबाट चित्तको नियन्त्रण, शारीरिक स्वास्थ्य, र आन्तरिक शक्ति बढाउने प्रयास गर्दछ। हामीले हामीलाई बाहिरबाट हेर्दा एउटा शरीर देखिए तापनि सूक्ष्म रूपमा हामीसँग तीन शरीर छन्।
एउटा बाहिरबाट देखिने शरीर, अर्को मानसिक शरीर मन र तेस्रो चेतनात्मक शरीर। चेतना जसको अर्थ थाहा पाउने क्षमता । यसरी हेर्दा शरीर, मन र चेतनाको जोड नै योग हो । जस्तैः शरीरले जे कर्म गरिरहेको छ त्यसमा मन पनि जोडिएको हुनुपर्छ । साथै, चेतना पनि गाँसिएको हुनुपर्छ । अर्थात्, थाहा पाइरहेको हुनुपर्छ । अनिमात्र योग हुन्छ ।
एकबाट अर्को टुट्नु अथवा छुट्निु त्यो वियोग हो । जस्तो कि मैले एउटा किताब पढिरहेको छु भने मेरो शरीर, मन र चेतना एकै ठाउँमा हुनुपर्छ । अनिमात्र योग हुन्छ । यदि शरीर त्यहीँ छ । मुखले शब्द पनि पढिरहेको छ । तर, मनले अन्तै सोचिरहेको छ । यसको मतलब चेतनाले के पढे भन्ने चेत पाएको छैन भने त्यो वियोग भयो । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि केही कुरा केहीमा गएर सकारात्मक रूपमा जोडिन पुग्छ भने त्यो वास्तविक योग हो ।
अहिलेसम्म सामान्य रूपमा हामीले योग के हो भन्ने कुरा त बुझ्यौं । अब स्वास्थ्यका हिसाबले योग के हो त ? त्यसलाई पनि केलाएर हेरौँ । स्वास्थ्यको हिसाबले कसैले व्यायामलाई योग भन्छन् ।
कसैले प्रणायामलाई योग भन्छन् । कसैले ध्यानलाई योग भन्छन् । तर, व्यायाम, प्रणायाम र ध्यान तीनैवटै क्रियापछि जुन परिणाम आउँछ, वास्तविक योग त्यही नै हो। व्यायामले शरीरलाई सुगठित, सुन्दर र बलियो बनाउँछ।
प्राणायामले मनमा भएका सबै विकारलाई कुचो लाएजसरी सफा गर्छ र मन शान्त हुन्छ । ध्यानले हाम्रो थाहा पाउने क्षमतालाई बढाउँछ। अर्थात्, चेतनाको अभिवृद्धि गर्छ । यी तीनैवटा क्रियापछि जुन आनन्द आउँछ, त्यो नै योग हो।
यसलाई यसरी पनि बुझ्न सकिन्छ आत्माको परमात्मासँगको मिलन नै योग हो । आनन्दस्वरूप नै परमात्मा हो । ऋषि पतञ्जलि भन्नुहुन्छ “योगश्चित्तवृत्ति निरोध”। चित्तका सबै वृत्तिहरू निरोध हुनु नै योग हो । चित्त शुद्ध हुनका लागि व्यायाम, प्राणायाम र ध्यान तीनवटै आवश्यक छन्।
हामी व्यायाम गरे प्राणायाम गर्दैनौं । प्राणायाम गरे ध्यान गर्दैनौं । शरीर ठिक छ तर मन दुःखी छ । मन ठिक छ तर शरीर रोगी छ । यहाँ हामी एकअर्काबाट टुट्यौं । अनि वियोग हुन पुग्यो । पूर्ण रूपमा खुसी हुन व्यायाम, प्राणायाम र ध्यान तीनैको मिलन हुनै पर्छ । शरीरलाई जतिसक्दो चलायमान गराउनु पर्छ ।
मनलाई जतिसक्दो शान्त राख्नुपर्छ र गरेको कर्मप्रति ध्यान जोडिराख्नु पर्छ । तर, यहाँ उल्टो भइरहेको छ । शरीर सोफा या कुर्सीबाट उठ्न मान्दैन । मन भने एकै छिनमा पृथ्वीको चार फन्का लगाएर सबैसँग गुनासो र आलोचना गर्न भ्याइसकेको हुन्छ। ध्यान त छँदै छैन । अनि कसरी हुन सकिन्छ खुसी । बिना योग व्यक्ति प्रत्येक पल टुटिरहेको छ । योगमा हैन वियोगमा गइरहेको छ ।
यहाँसम्म, हामिले योग के हो भन्ने कुरा त बुझ्यौ। अब योगका महत्व र फाइदाका विषयमा पनि केही चर्चा गरौँ। अहिलेको संसारले भौतिक विकासमा निकै फड्को मारेको छ। सुख सुविधाका साधन जति पनि छन्। तर, यति हुदाँहुँदै पनि मानिस भने झन् विक्षिप्त हुँदै गएको छ । दुःखी र रोगी हुँदै गएको छ।
मनोविदहरू भन्छन् एउटा व्यक्तिले एकदिनमा साठी देखि सत्तरी हजार विचारको भारी बोकेर हिँडेको छ। त्यही विचारले थिचेर उठ्न नसक्ने भएको छ। सुख र खुसीको लागि भनेर कमाएको धन, पद, प्रतिष्ठा आदि केहीले पनि खुसी दिन सकेको छैन। किनभने मानिसले भौतिक र आध्यात्मिक जीवनलाई सन्तुलित गर्नै सकेन।
जसको कारण, सबै पाएर पनि केही नभएको जस्तो गरिब भएको छ । जसरी कस्तुरीको आफूसँग भएको कस्तुरी थाहा नपाएर बाहिर गन्ध सुँघ्दै हिँड्छ, त्यसरी नै मानिसले पनि आफूभित्र भएको अमूल्य खजाना चिन्न नसक्दा यो हाल हुन गएको छ।
यी सबै समस्याको एउटै उपाय हो योग । यसरी हेर्दा जीवन सन्तुलित राख्ने हो भने योगको सुवास जनजनमा, घरघरमा पुर्याउन जरुरी छ। योग आफ्नो क्षमताअनुसार बालकदेखि वृद्धासम्म सबैले गर्न सक्छन् र सबैलाई उत्तिकै आवश्यक पनि छ।
रोग, चिन्ता, अनिद्राले ग्रसित समाजमा योगको महत्व दिनानुदिन झन् बढ्दै गइरहेको छ । आज योगका विषयमा पश्चिमी मुलुकहरूमा ठूलाठूला अनुसन्धान भएका छन्। उनीहरू यसको महत्वलाई बुझेर यसमा लागिपरेका छन्।
अहिले आएर उनीहरू मानिसको हर समस्याको समाधान योग नै हो भन्न थालेका छन् । मकैभन्दा छि भन्ने हामी पापकर्न भनेपछि आहा भन्छौं । हाम्रा ऋषिमुनिहरूले हजारौँ वर्षअगाडि दिएर गएको ज्ञानलाई बिर्सेर आज हामी पश्चिमाहरूले योगको महत्वलाई बुझेको देख्दा हामी पनि यसको पछि लाग्न थालेका छौं।
आफूभित्र असिम क्षमता र ज्ञान छ। चिन्न नसकेर सुनको आसनमा बसेर कटौरा थापी माग्न बसेजस्तो भएको छ। योगको महत्वलाई बुझेर योग गर्न थालियो भने जीवनका सबै समस्याका समाधान हुन्छन् ।
योगको महत्वका बारेमा त हामीले चर्चा गर्यौं । अब योगका फाइदाहरूका बारेमा पनि केही चर्चा गरौँ । जसको कुनै साइड इफेक्ट छैन । सही तरिकाले गरे फाइदामात्र हुन्छ। त्यो योग मात्र हो।
योगभित्र व्यायाम, प्राणायाम र ध्यान पर्दछन् भनेर त हामीले माथि बुझिसक्यौं । यसरी तीनै चिजहरू योगमा पर्ने हुँदा जीवनमा योगबाट मुख्य तीन रूपमा नै फाइदा लिन सकिन्छ ।
शारीरिक स्वास्थ्य:
योगले शरीरको ऊर्जा शक्ति जोस बढाउँदै व्यायाम गर्ने क्षमतामा अभिवृद्धि गर्ने हुँदा हामीले शारीरिक रूपमा पूर्ण रूपमा फाइदा लिन सक्छौँ। जस्तैः योगले शरीरलाई चाहिने अक्सिजनको प्रयोगलाई प्रभावकारी गराउँछ भने रक्तसञ्चारको गति सामान्य राख्दै मुटुको धड्कन सन्तुलित गर्छ। दिनहुँ योग गरियो भने शरीरको तौल सन्तुलित हुन्छ।
जसका कारण मुटुसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ। औषधोपचारको लागि विभिन्न अस्पतालमा भौंतारिनु पर्दैन। शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत गराउँ । यसरी हेर्दा शारीरिक रूपमा अनगिन्ती फाइदाहरू योगबाट प्राप्त गर्न सकिन्छ।
समग्रमा योग शारीरिक स्वास्थ्य बढाउँछ र संरक्षण गर्ने गर्दछ, जसमा ठूलो र छोटो अंग, तनाव निर्मूलन, वजन नियन्त्रण र रक्तचाप नियन्त्रणमा शामिल हुन्छ।
मानसिक स्वास्थ:
योगबाट हामी मानसिक रूपमा पनि अनगिन्ती फाइदाहरू लिन सक्छौं । दिनहुँ योग गर्ने व्यक्ति जहिले पनि सकारात्मक हुन्छ। सकारात्मक व्यक्तिले मात्र प्रभावकारी एवम् सन्तुलित व्यक्तित्वको निर्माण गर्न सक्छ । जसका सम्बन्ध सुमधुर हुन्छन् । नेतृत्व क्षमता कुशल हुन्छ।
मानसिक समस्या तनाव, भय, चिन्ता, अनिन्द्रा आदिबाट जन्मिन्छ। दिनहुँ योग गर्ने व्यक्तिमा एन्ड्रोफिन, अक्सिटोसिन, सेरोटोरीनजस्ता खुसीका हर्मनहरू बढ्छन् र व्यक्ति हरपल खुसी भएर कुशल र सकारात्मक कर्ममा अघि बढ्छ । मानसिक रूपमा स्वस्थ व्यक्तिले मात्र स्वस्थ समाज निर्माणमा अहम् भूमिका खेल्न सक्छ ।
समग्रमा योगले मानसिक स्वास्थ्य बढाउँछ, चित्तशांति र स्थिरता ल्याउँछ, तनावको साम्ने टाढा गर्दछ, र मानसिक विकारहरू नियन्त्रण गर्दछ।
आध्यात्मिक स्वास्थ्य:
विगतको शोक र भविष्यको चिन्ताबाट मुक्त भई वर्तमान क्षणमा जिउन सक्नु आध्यात्मिक व्यक्तिको पहिलो र मुख्य गुण हो। जुन कुरा योगबाट मात्र सम्भव छ । यस्ता योगीमात्रै आत्मज्ञान प्राप्ति एवम् परमात्मामय जीवनमा प्रवेश गर्न सक्छन्।
दुःख सुख सबैलाई सहज रूपमा स्वीकार गर्न सक्छन्। योगले मात्रै दिगो शान्ति र खुसी ल्याउँछ। दया, प्रेम, करुणाजस्ता असल मानव बनाउने महत्वपूर्ण गुणहरू बढाउँछ। मानिस भएर जन्मिएपछि जीवन र जगत्मा आफूले गर्नुपर्ने विशेष कार्य/उद्देश्य पत्ता लगाउन योगले नै सहयोग गर्छ।
दानव, मानव या देवता के बन्ने हो त्यो पूर्ण अधिकार ईश्वरले हामीलाई नै दिनुभएको छ। जो अरूबाट लिनमात्र खोज्छ, अरूलाई दुःख दिन्छ त्यो दानव हो।
जसले लिने र दिने दुवै कार्य बराबर जसो नै गर्छ, त्यो मानिस हो। जो अरूलाई दिनमात्र जानेको हुन्छ। कसरी हुन्छ सहयोग गर्न सदा आतुर रहन्छ । यस्तो दिनमात्र जानेको व्यक्ति नै देवता हो।
योगबाट मात्र मानव हुँदै देवतासम्म पुग्ने ढोका खुल्छ। तसर्थ, रोजाई हाम्रै हातमा छ। तसर्थ, योग गरौं। स्वस्थ बनौं। स्वस्थ समाजको निर्माणमा हामी सबै एक भएर अगाडि बढौं।
समग्रमा योगले आध्यात्मिक विकास प्रोत्साहित गर्दछ, व्यक्तित्व विकासमा सहायक हुन्छ, आत्म-अवलोकन बढाउँछ, र आध्यात्मिक संबलता ल्याउँछ।
शारीरिक लक्षणका समाधान:
योगले विभिन्न शारीरिक समस्याहरूको समाधानमा मद्दत गर्दछ, जसमा पीठ दुख, सिर दुख, गठिया, अस्थमा, र स्त्रियांको समस्याहरू शामिल हुन्छन्।
संयम र ध्यान:
योगले मानसिक संयम र ध्यानको विकास गर्दछ, जसले जीवनको संघर्षमा संतुलन ल्याउँछ र आत्म-ज्ञान बढाउँछ।
योगले एक समृद्ध, संतुलित, र संयमित जीवनस्तरको प्रोत्साहन गर्दछ। योग, ध्यान, र आसन तीनैलाई एकसाथ संयोजित गर्दा, एक पूर्ण आराम, स्वास्थ्य, र आत्मिक विकासको प्रक्रिया हुन्।
लेख: युवा नेपाल समिति, धादिङका प्रभारी सन्दिप प्रसाद घिमिरेसंगको कुराकानीमा आधारित हो।
0 Comments