भक्तपुर ६, गल्छी खबर। नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भक्तपुरको घलाते स्थित सूर्यविनायक रिसोर्टमा आजदेखि राष्ट्रिय 'बि' बुद्धिचाल च्याम्पियनसिप सुरु भयो।
पहिलो र दोश्रो चरणको खुल्ला तर्फको खेलहरु सम्पन्न हुँदा क्यान्डिडेट मास्टर मिलन लामा, भक्तपुरका निकेन कायस्थ, काठमाडौंका पुरुषोत्तम सिलवाल, प्रेम कृष्ण महर्जन, दोलखाका आशिष फुयाल, राजिव कार्की, पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाई, ललितपुरका सोम आले, राजन सुवेदी, सि. एम सजिन महर्जन, ए.आई.एम सुश्रुत दाहाल र सि.एम केशव श्रेष्ठ दुवै खेलमा जित निकाली २ अंक जोडेका छन् ।
त्यसैगरी झापाका पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौंला, सि.एम कृष्ण थापा र ललितपुरका राजन पुरीको १.५ अंक रहेको छ।
महिला तर्फ कास्कीकी पूजा भण्डारी, काठमाडौंकी विनिता कपाली, सिन्दिरा जोशी, झापाकी कृतिशारा अधिकारी र भक्तपुरकी सविना गुजाले २ अंक जोडेका छन्।
पाँच दिन सम्म संचालन हुने प्रतियोगितामा खुल्ला र महिला दुवै तर्फका शिर्ष ९ स्थान हात पार्ने खेलाडीहरुले यहि जेठ १९ गते देखि संचालन हुने २३ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागी हुन पाउनेछन्।
भक्तपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष वद्री केदार दुवालको सभापतित्वमा आयोजित प्रतियोगितामा नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए।
प्रतियोगितामा खुल्ला तर्फ ८० जना र महिला तर्फ १५ जना खेलाडीहरूको सहभागिता रहेको छ।
0 Comments