Breaking News

6/recent/ticker-posts

Header Ads Widget

यूवा खेलाडी पुरुषोत्तम सिलवालको अग्रता

७ जेष्ठ , भक्तपुर ।  नेपाल बुद्धिचाल महासंघको आयोजनामा २४ औं खुल्ला तथा ९ औं महिला राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप छनौट प्रतियोगिताको दोश्रो दिन तेश्रो चरणको खेल सम्पन्न भएको छ । राष्ट्रिय ‘बी’ चेस छनौट  प्रतियोगितामा जम्मा ६० जना पुरुष खेलाडी र १८ जना महिला राष्ट्रिय शिर्ष खेलाडी बिच चौथो चरणको खेल प्रतिस्पर्धात्मक रुपमा चलिरहेको छ। 



       भक्तपुर जिल्ला बुद्धिचाल संघको सह आयोजना एवं स्थानीय ब्यबस्थापनमा सञ्चालन भएको राष्ट्रिय ‘बी’ छनौट प्रतियोगिता मार्फत दुबै समूहका ९/९ जना खेलाडीहरु जेष्ठ १९ गते देखि काठमाडौंमा शुरु हुने राष्ट्रिय प्रतियोगितामाका लागि छनौट हुनेछन्। 


काठमाडौंकि उदीयमान रीया श्रेष्ठ सोचमग्न

       सूर्य विनायक रिसोर्ट गपलि भक्तपुरमा सम्पन्न तेश्रो चरणको खेल पश्चात् यू१५ राष्ट्रिय च्याम्पियन पुरुषोत्तम सिलवाल, पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठ र उदियमान खेलाडी सिएम मिलन लामा ३/३ अंक जोडेर अग्रस्थानमा उभिएका छन्। पुरुषोत्तमले जनकराज जोशी, नवीन तण्डुकार र राजन सुवेदी माथि विजय हासिल गरेका छन्। सिएम केशव श्रेष्ठले आशानारायण लवट, सुदिप तामाङ्ग र सोम आले माथि जित दर्ता गरेका छन् भने सिएम लामाले अविक शाह, गणेश दुवाल र सजिन महर्जनलाई माथ दिन सफल बनेका छन्। 

       सूर्य विनायक नगरपालिकाको प्रायोजन रहेको राष्ट्रिय बी छनौट प्रतियोगितामा एआईएम शुश्रुत दहाल, प्रेमकृष्ण महर्जन, सिएम पुरुषोत्तम चौलागाईं, राजीव कार्की, आशिष् फूँयाल, निकेन कुसाथा, सिएम कृष्ण थापा र प्रकाशचन्द्र नेपाल २ जित र एक बराबर खेलवाट २.५ अंक प्राप्त गर्दै संयुक्त दोश्रो स्थानमा शुरक्षित भएर बसेका छन्। 

       प्रतियोगिताको चौथो चरणमा मिलन र केशब, पुरुषोत्तम र निकेन, चौलागाईं र थापा, आशीश र शुश्रुत, प्रेम र प्रकाश, गणेश र राजीव प्रतिस्पर्धा गरिरहेका छन्। 

      महिला तर्फ कोशी प्रदेश च्याम्पियन कृतिसरा अधिकारी र पोखराबी पूजा भण्डारी सतप्रतिसत जित निकाल्दै ३ /३ अंकका साथ पहिलो स्थानमा रहन सफल भएका छन्। कृतिसराले नमन सेढाई, लक्ष्मी कँडेल र सिन्दिरा जोशी माथि जित निकालेकी थिइन भने पूजा भण्डारीले एञ्जेल महर्जन, पुनम प्रसाईं र विनिता कपालीलाई पराजित गरेकी छिन्। चौथो चरणको खेल कृतिसरा र पूजाको बिचमा चलिरहेको छ। 

      काठमाडौंकी उदीयमान रीया श्रेष्ठ २.५ अंकमा एकल दोश्रो , पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, झापाकी पुनम प्रसाईं, विनिता कपाली, भक्तपुरकि प्रश्ना किबानायोले २ अंक जोड्न सफल रहे भने रुपन्देहीकि नमन सेढाई १.५ बोकेर राष्ट्रिय प्रतियोगितामा छनौट हुने वाटो पछ्याउँदै छिन्।

         प्रतियोगिताका संयोजक एवं अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतिका अनुसार ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेण्ट क्लासिकल खेलमा डाइरेक्ट इन्काउण्टर, बुचोल्स वान टु , मोष्ट वीन नियम लागु रहने जानाए। उनले पुरुष तर्फ ९ चरण र महिला तर्फ ७ चरणको खेल हुने बताए भने प्रतियोगिता १० गते सम्म सञ्चालन हुने जानकारी गराएका छन्। 

Post a Comment

0 Comments