१५ जेठ , भक्तपुर । नेपाल ईको प्यानलको आयोजनामा सम्पन्न एक दिने द्रुत गतिको ब्लिट्ज रेटिङ बुद्धिचाल प्रतियोगिता दोलखाका आशिष् फुयालले जितेका छन्। चाँगुनारायण बस स्टेशन कभर्डहलमा चलेको ९ चरणको खेेेल मध्ये आषिशले सात जित र एक बराबरी खेेलि साढे ७.५ अंक सहित उपाधि हात पारेका छन् ।
गोपाल खागी स्मृति रेटिङ्ग ब्लिज बुद्धिचाल खेलको अन्तिम चरणमा २४ औं राष्ट्रिय प्रतियोगिता प्रथम स्थानमा छनौट भएका युवा पुरुषोत्तम सिलवालसंग आशिष् पराजित हुनुका बाबजुद डाइरेक्ट इन्काउन्टरमा बराबर हुँदै बुकोल्ज वान टु टाइब्रेकका आधारमा उपाधि संगै नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन्।
भेट्रान खेलाडी गणेशमान दुवालको निर्देशनमा ८६ जना शिर्ष बरियताका खेलाडीहरुको सहभागीता रहेको कडा प्रतिस्पर्धा मार्फत ३ पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली दोश्रो स्थानमा रहे। ललितपुर स्पोर्ट्स क्लबका धिरेन राई तेश्रो र काठमाडौंका युवा पुरुषोत्तम सिलवाल चौथो भए।
अन्तर्राष्ट्रिय निर्णायक ज्ञानेन्द्र खाइजूको प्रमुख रेख देखमा सञ्चालन भएको चेस टी-20 खेल मार्फत १९ जना खेलाडीहरुले नगद ३० हजार हात पारेका छन्। जसमा ७/७ अंक जोडेर काभ्रेका कुमार न्यौपाने पाँचौं र ललितपुरका सुरोज महर्जन छैटौं भएका छन् ।
बुद्धिचाल रेटिङ्ग २ हजार मुनिको ३ मिनेट २ सेकेण्ड इन्क्रिजमेण्ट खेलमा ६.५ अंक प्राप्त गर्दै भक्तपुरका राजेश कक्षपति सातौं , ६ अंकमा बनेपाका राहुल चौ प्रधान आठौं, मकवानपुरका अनरेटेड खेलाडी फुर्वा लामा नवौं र ललितपुर निवासि राजकुमार लामा दशौं स्थानमा रहन सफल भए।
क्याटेगोरी पुरस्कारमा युवा निकेन कुसाथा उत्कृष्ट भक्तपुर, अनरेटेडमा विनायक पोखरेल, भेट्रान गणेशमान दुवाल, १८ सय मुनि नुवाकोटका सुरेन्द्र लामा, १६ सय मुनि प्रदिप साहु र यु-१८ मा विभुषित कक्षपति, यु १६ काठमाडौंका कसिभ कार्की, यु १४ मा भक्तपुरका अग्रीम शैंजु अब्बल बन्दै पुरस्कृत भएका छन्।
गणेशमान दुवालको सभापतित्वमा सम्पन्न समापन समारोहमा नेपाल बुद्धिचाल महासंघका केन्द्रीय अध्यक्ष हेराकाजि महर्जन, प्रयोजक ई. कृष्णभक्त दुवाल तथा केन्द्रीय सदस्य निरञ्जन प्रजापतिले पुरस्कार वितरण गरेका छन्।
0 Comments