७ जेष्ठ , भक्तपुर । नेपाल बुद्धिचाल महासंघको आयोजनामा २४ औं खुल्ला तथा ९ औं महिला राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप छनौट प्रतियोगिताको दोश्रो दिन खुल्ला तर्फको ४ चरणको खेल समाप्ति सगैं युवा खेलाडी पुरुषोत्तम सिलवालले अपराजित यात्रा कायम राख्दै ४ अंकका साथ शिर्ष स्थान कायम राखेका छन् भने महिला तर्फ झापाकी कृतिशारा अधिकारीले आफ्नो अपराजित यात्रा कायम राख्दै ४ अंकका साथ शिर्ष स्थान कायम राखेकी छिन् ।
चौंथो चरणको खुल्ला तर्फको खेलहरु सम्पन्न हुँदा क्यान्डिडेट मास्टर मिलन लामा, क्यान्डिडेट मास्टर केशव श्रेष्ठ र राजिव कार्कीले ३.५ अंक जोडेका छन् ।
त्यसैगरी पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाई, सि.एम कृष्ण थापा, दोलखाका आशिष फूयाल, ए.आई.एम सुश्रुत दाहाल, काठमाडौंका प्रेम कृष्ण महर्जन, प्रकाश चन्द्र नेपाल, सुरोज महर्जन, सुशिल चौधरी, राजेश कक्षपति, उमेश राई, लोक सागर साम्बा र राजन सुवेदी ३ अंक जोड्न सफल भएका छन्।
महिला तर्फ चौंथो चरणको खेल सम्पन्न हुँदा पूर्व च्याम्पियन सिन्दिरा जोशी, अंशु दिल प्रजापति, पूजा भण्डारी र विनिता कपालीले ३ अंक जोडेका छन् ।
राष्ट्रिय ‘बी’ चेस छनौट प्रतियोगितामा जम्मा ६० जना पुरुष खेलाडी र १८ जना महिला राष्ट्रिय शिर्ष खेलाडी बिच प्रतिस्पर्धा
भक्तपुर जिल्ला बुद्धिचाल संघको सह आयोजना एवं स्थानीय ब्यबस्थापनमा सञ्चालन भएको राष्ट्रिय ‘बी’ छनौट प्रतियोगिता मार्फत दुबै समूहका ९/९ जना खेलाडीहरु जेष्ठ १९ गते देखि काठमाडौंमा शुरु हुने राष्ट्रिय प्रतियोगितामाका लागि छनौट हुनेछन्।
प्रतियोगिताका संयोजक एवं अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतिका अनुसार ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेण्ट क्लासिकल खेलमा डाइरेक्ट इन्काउण्टर, बुचोल्स वान टु , मोष्ट वीन नियम लागु रहने जानाए। उनले पुरुष तर्फ ९ चरण र महिला तर्फ ७ चरणको खेल हुने बताए भने प्रतियोगिता १० गते सम्म सञ्चालन हुने जानकारी गराएका छन्।
0 Comments