धादिङ । धादिङको सक्सेस एकेडेमीले गल्छी गाउँपालिकासंगको सहकार्यमा जेष्ठ २६ गते शनिवार बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम संचालन गर्ने भएको छ ।
राष्ट्रिय परिक्षा बोडर्का अध्यक्ष महाश्रम शर्माको उपस्थितिमा दुई वटा सत्रमा कार्यक्रम सञ्चालन गर्ने बताएको छ । कार्यक्रममा शिक्षासंग सरोकार राख्ने व्यक्तित्वहरुको उपस्थिति रहने आयोजक सक्सेस एकेडेमीका प्रीन्सिपल जगत प्रसाद रिजालले बताउनु भएको छ ।
यस अन्तरक्रिया कार्यक्रमले समग्र पालिकाको शैक्षिक उन्नयनमा सकारात्मक प्रभाव पार्ने विश्वास सक्सेस एकेडेमीले लिएको छ।
–पहिलो शत्र :– जेष्ठ २६ गते शनिवार विहान १०ः३० बजे ,
प्रमुख वक्ता महाश्रम शर्मा (अध्यक्ष राष्ट्रिय परिक्षा बोर्ड ),
(गाउँपालीका अध्यक्ष ,उपाध्यक्ष ,सम्पुर्ण वडाध्यक्षज्युहरु,शिक्षा अधिकृत ,प्रा.स र शिक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम)
–दोस्रो शत्र : जेष्ठ २६ गते शनिबार १२ः०० बजे ,
(राष्ट्रिय परिक्षा बोर्डका विज्ञहरूबाट गल्छी गाउँपालिका भित्र संचालित सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा परिवर्तित सिकाइ प्रणाली, कपि परिक्षण,प्रश्नपत्र निर्माण लगायतका विषयमा प्रशिक्षण प्रदान)
0 Comments