Breaking News

6/recent/ticker-posts

Header Ads Widget

१९औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता सम्पन्न

२९ जेष्ठ , काठमाडौं ।

             काठमाडौं ज्याठामा अवस्थित अन्नपूर्ण माध्यामिक विद्यालयको आयोजनामा १९ औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता - २०८१ सम्पन्न भएको छ। प्रतिस्पर्धामा बुद्धिचाल खेल प्रति रुचि राख्ने जम्मा २५ वटा विद्यालयका कूल ३५४ जना विद्यार्थीहरुको सहभागिता रहेको छ। 



           १९ औं पटकको बृहत् विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा युवा-९, युवा -११, युवा-१३ र युवा -१३ वर्ष माथिका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। पुरुष तथा छात्रा खेलाडी बिच ८ विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा मार्फत विजेता घोषणा गरिएका छन्। 



          विगत लामो समय देखि निरन्तर सञ्चालन भइरहेको प्रतियोगिता पुरुष युवा- १३ माथि ७ चरणको खेलमा ६.५ अंक जोडेर पुष्प सदन इङ्गिस स्कूलका सुप्रभ सागर श्रेष्ठ पहिलो स्थान हासिल गरेका छन्। यस्तै क्रिएटिभ एकेडेमीका सफल महर्जनले ६ अंक प्राप्त गर्दै दोश्रो हुन सफल भएका छन्। ६ अंक नै बनाएर अन्नपूर्ण सेकेण्डरी स्कूलका रोहित श्रेष्ठ तेश्रो स्थानमा उभिएका छन्। 


         छात्रा युवा- १३ माथि पनि पुष्प सदन स्कूलवाट प्रतिस्पर्धा गरेका विद्यार्थी शिवानी रिजाल प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनले ६ चरणको खेलमा सबै खेल जितेर ६ अंक नै प्राप्त गरेका छन्। यस्तै नाइटिङ्गेल स्कूलका दीया श्रेष्ठले ५ अंक जोडेर दोश्रो स्थान हासिल गरेका छन् । ५ अंक मै चित्त बुझाएर त्रियोग हाइस्कूलका रिया श्रेष्ठ तेश्रो स्थान हात पार्न सफल रहे।

       यसैगरी युवा- १३ वर्ष सम्मको विद्यार्थी बिच प्रतिस्पर्धा मार्फत पाठशाला नेपाल फाउन्डेसनका ओस्कार पन्थले ७ चरणमा ७ जित दर्ता गर्दै ७ अंक जोडेका छन्। अपराजित पन्थी पहिलो स्थानमा रहि विजेता बनेका छन्। ६ अंक जोडेर प्रज्ञा कुञ्ज स्कूलका कशिभ कार्की दोश्रो बने भने ६ अंक मै रहेर संस्कृति स्कूलका सहर्ष श्रेष्ठ तेश्रो बनेका छन्। 

      क्रमशः युवा- १३ वर्ष मुनिका छात्रा बिचको प्रतिस्पर्धामा नितेन मेकोरियल स्कूलका ज्ञानी श्रेष्ठ ६ चरणको खेलवाट ५ अंक जोडेर प्रथम भएका छन। समान ५ अंकमा त्रियोग स्कूलका परिधि खत्री दोश्रो स्थान प्राप्त गरे भने ५ अंक मै मनकामना सेकेण्डरी स्कूलका प्रिसिओस अधिकारी तेश्रो बन्न सफल भएका छन्। 

      यस्तै युवा- ११ वर्षमा छात्र तर्फ एभरेष्ट इङ्गिस स्कूलका सार्थक श्रेष्ठ ७ चरणको खेलवाट ६.५ अंक बनाउदै प्रथम स्थान प्राप्त गरेका छन। ६ अंकामम रहेर त्रियोग स्कूलका आभाष रिमाल दोश्रो स्थान ओगटे भने ५.५अंक बनाएर अल्चेमिष्ट एकेडेमीका वचन सिलवाल तेश्रो भएका छन्। 

     क्रमशः युवा- ११ वर्ष छात्रा तर्फ ५ खेलमा ५ जित दर्ता गर्दै न्यूसमिट स्कूलका निहाना श्रेष्ठ विजेता बनेका छन्। ४ अंकामा रहि अन्नपूर्ण स्कूलका ओजस्वी श्रेष्ठ दोश्रो स्थानमा उभिए भने न्यूसमिट कै सुहानी सिंह ४ अंक जोडि तेश्रो भए। 

      अर्को विधा युवा- ९ वर्ष छात्र तर्फ ६ चरणको खेलमा ६ जित हासिल गर्दै ल्याबोटोरि सेकेण्डरि स्कूलका अंकुर पोखरेल प्रथम स्थान हासिल गरेका छन। ५ अंक जोडेर दिपज्योति आवासिय माविका मन्दिप आले मगर द्वितीय भए भने एभरेष्ट इङ्गलिस स्कूलका निशान्त गिरि ५ अंक प्राप्त गर्दै तेश्रो स्थानमा रहन सफल बनेका छन्। 

       क्रमश: युवा- ९ छात्रा तर्फ ५ चरणको खेलवाट समान ४ अंक जोडेर इशानी मण्डल प्रथम, अन्नपूर्ण स्कूलका जैनव खातुन द्वितीय र अग्रता आचार्य तृतीय स्थानमा रहि प्रतियोगिता सम्पन्न गरेका छन्। 

       निर्देशक एवं योजनाकार, काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष केशब श्रेष्ठले विगत लामो समय देखि यो प्रतियोगिता मार्फत धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको स्मरण गराउदै थप उत्कृष्ट खेलाडी बनाउन काठमाडौं जिल्ला बुद्धिचाल संघ लागि परेको जानकारी गराएका छन्। पूर्व नेपाल च्याम्पियन समेत रहेका सिएम श्रेष्ठले ग्रासरुटवाट नै प्रतिस्पर्धा गराई तिनलाई प्रशिक्षण दिनु पर्ने कुरामा जोड दिदै यो १९ औं संस्करणवाट धेरै नयाँ प्रतिभावान खेलाडी जन्मेकोमा खुशी ब्यक्त गरेका छन्। 

        प्रतियोगिताका प्रमुख निर्णायक आईए महेश्वर लाल डंगोलले स्वीस् मानेजर हेइन्ज हेर्जोग टाइमफाइल सिस्टम अनुसार डाइरेक्ट इन्काउण्टर , मोष्ट वीन फिडे टाइब्रेकको नियममा २५ मिनेट १० सेकेण्ड इन्क्रिजमेण्ट टाइममा खेल खेलाइएको जानकारी गराएका छन्। अर्को वर्ष २० औं संस्करण अझ भब्य तरिकाले आयोजना हुने समेत जानकारी गराएका छन।

Post a Comment

0 Comments