Breaking News

6/recent/ticker-posts

Header Ads Widget

राजन सुवेदी र पुरुषोत्तम सिलवालको संयुक्त अग्रता

 २१ जेष्ठ , काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता पाँचौ चरण सम्मको खेल पूरा भएको छ। काठमाडौंको होटल ले हिमालयमा सम्पन्न पाँचौं चरणको खेलमा झापाका राजन सुवेदीले अपराजित रहेका युवा पुरुषोत्तम सिलवाललाई हारको स्वाद चखाउन सफल रहे ।


           पूर्वी जिल्लाका राजन सुवेदी दोश्रो चरणमा शश्रुत दहालवाट पराजय ब्यहोरेका थिए भने बाकी चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेका छन्। लयमा रहेका सुवेदीले पुरुषोत्तम सहित सुरोज महर्जन, राजीव कार्की र क्षितिज भण्डारीलाई हराउदै चार अंक जोडेका छन्। यता एक खेल अगावै चार अंक जोडेका पुरुषोत्तम सिलवाल हारका बाबजुद राजन सुवेदी संगसंगै ४/४ अंकमा रहेर संयुक्त शीर्षता कायम गरेका छन्। 

           नयाँ नेपाल च्याम्पियन बन्ने होडमा तीन खेलाडी एआईएम शुश्रुत दहाल, एफएम क्षितिज भण्डारी र प्रकाशचन्द्र नेपाल ३/३ अंक हासिल गर्दै संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन्। १९६१ रेटेड शुश्रुतले दुई जित दुई बराबर, २०८५ रेटेड क्षितजले तिन जित र १९५१ रेटेड प्रकाशले दुई जित दुई बराबरी खेलेका छन्। 

           सेप्टेम्बर ९ देखि २३ सम्म हंगेरिमा हुने ४५ औं चेस ओलम्पियाडमा छनौट हुन प्रतिस्पर्धा गरिरहेका सुशील चौधरी र राजीव कार्कीद्वयले दुई जित एक बराबर खेल मार्फत साढे २ अंक बनाएका छन्। काठमाडौंका सिएम मिलन लामा २ अंक, ललितपुरका सुरोज महर्जन र रौतहटका रुपेश जैसवाल समान साढे १ अंक र काठमाडौंका सिएम केशब श्रेष्ठ, प्रेमकृष्ण महर्जन एकएक अंकमा सिमित भएका छन्। 

      महिला तर्फ पूजा भण्डारी र शान्ति धिमाल अगाडि 

           ९ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता पाँचौ चरणको खेल सकिदा कास्कीका पूजा भण्डारी र मोरङका  शान्ति धिमाल नयाँ वुमन नेपाल च्याम्पियन बन्ने होडमा कडा प्रतिस्पर्धामा छन्। पूजा र शान्तिले सबै खेलमा सत प्रतिशत जीत निकालि ५ मा ५ अंक जोडिसकेका छन्। 



           १२ जना शीर्ष महिला राष्ट्रिय खेलाडीहरु बिच ११ चरणको राउण्ड रोविन खेल मध्ये पाँचौ चरण समाप्ति हुदा काठमाडौंका यू १६ च्याम्पियन रिया श्रेष्ठ र काठमाडौं कै पूर्व नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशी समान चार ४ अंक हासिल गर्दै संयुक्त दोश्रो स्थानमा अडिग रहेका छन्। 

         चार जना खेलाडी छनौट हुने हंगेरी ४५ औं चेस ओलम्पियाडको टिकट काट्न घम्साघम्सि गरिरहेका काठमाडौ जिल्लाका बिनिता कपाली, शुशीला गुरुङ र झापाका कृतिसरा अधिकारी समान तिन तिन जित प्राप्त गर्दै ३/३ अंक जोड्न सफल भएका छन्। त्यस्तै पुनम प्रसाईं २ अंकमा छन् भने भक्तपुर जिल्लाका श्रेषा दुवाल, सबिना गुज: र प्राश्ना किबानायो १/१ अंक बनाएर पुछारमा खेलिरहेका छन्। 

          नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दिपेन राईका अनुसार आर्थिक व्यवस्थापनमा सहकार्य गर्ने हिमालन प्रोपर्टी म्यानेजमेण्ट प्रा.लि. भक्तपुर, ओम क्वालिटि फाइवर ग्याँस एण्ड ग्रील मेटल प्रा. लि. किर्तिपुर, प्रभु बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल बैंक र रुक्मिणी टुर्स एण्ड ट्राभल्सको प्रायोजन रहेको जानकारी गराएका छन्।

         विश्व बुद्धिचाल महासंघको डेभलपमेन्ट कमिटिका सदस्य सुबोधराज शेर्पालीले पाँच वर्षको लागि राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निश्चित पार्न प्रायोजकहरु संग सम्झौता गरिने जानकारी गराउदै होटल ले हिमालयको सभाहललाई नै निरन्तर प्रयोग गर्ने बताएका छन्। 

Post a Comment

0 Comments