असार ३ काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी समाजवादीको दशौं महाधिवेशनको अवसरमा प्रचारात्मक कार्यक्रम अन्तर्गत मोर्चा संगठन र पार्टीका नेताहरु बीच मैत्रीपूर्ण फुटबल हुने भएको छ।
नेपाल खेलकुद महासंघ, समाजवादीको आयोजनामा हुन गईरहेको उक्त प्रतियोगितामा समाजवादीका अध्यक्ष माधव नेपाल लगायत शिर्षस्थ नेताहरु लगायत भातृ संस्था नेता कार्यकर्ताको पनि सहभागीता रहने छ।
२०८० साल असार ७ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा ३:०० बजे उक्त खेल संचालन हुने कुरा प्रतियोगिता विभाग प्रमुख तथा खेलकुद महासंघ समाजवादीका उप महासचिव अनिल रिजालले बताएका छन्।
0 Comments