Breaking News

6/recent/ticker-posts

Header Ads Widget

अन्तराष्ट्रिय खेलमा गल्छीका आयुषलाई दोहोरो पदक

गल्छी खबर ।  इण्डियन तेक्वान्दो एसोसिएसनको आयोजनामा भारतको गोवामा यही असार ७-९ सम्म भएको ७ औं एसियन कप खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप-२०२४ मा गल्छीबाट सहभागी भएका आयुष रानाले २ वटा पदक जितेका छन्।  



आयुष सगैं नेपालको तर्फबाट सहभागि भएका धादिङका ५ खेलाडीहरुले पदक हात पार्न सफल भएका छन् । एसियाका ११ वटा देशको सहभागीता रहेको यस प्रतियोगितामा गल्छी तेक्वान्दो डोजाङका खेलाडी आयुष रानाले दोहोरो पदक जित्न सफल भएका छन् । नेपालबाट २१ जना खेलाडीहरू सहभागी भएकोमा धादिङबाट ५ जना रहेका थिए । जसमा गल्छी गाउँपालिका वडा नं. १ सरस्वती माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी आयुष रानाले जुनियर ग्योरोगी तर्फ स्वर्ण र एकल पुम्से तर्फ कास्य पदक जित्न सफल भएका छन् । 



यस तेक्वान्दो खेलको २ वटै विधामा प्रतिस्पर्धा गर्ने खेलाडीहरु एकदम न्युन हुन्छ ।  विशेष गरी तेक्वान्दो खेलाडीहरुले कुनै एउटामा आफुलाई दक्ष बनाउँछन् तर यो दुवै विधामा गल्छी तेक्वान्दो डोजाङका आयुष राना उत्कृष्ट रहेको कुरा प्रशिक्षक सुब्बा श्रेष्ठ बताउनुहुन्छ । कुनैपनि भौतिक पूर्वाधार र साधन श्रोत विना पनि आफूले नि: शुल्क रुपमा प्रशिक्षण गराउँदै आएका खेलाडीले अन्तर्राष्ट्रिय मन्चमा पदक जितेर देश र गाउँ तथा पालिकाको नाम राख्न सफल भएकोमा आफ्नो मेहनतको कदर भएको महसुस गरेको बताएका छन् । 


श्रेष्ठका अनुसार गल्छी गाउँपालिकामा अझै यस्ता प्रतिभावान धेरै खेलाडीहरु रहेका छन् । यदि गाउँपालिकाले यसको लागि जिम्मेवारी दिने हो भने पालिकाले गर्व गर्न लायक खेलाडीहरु उत्पादन गर्न आफू तयार रहेको समेत बताउँछन् । अबका दिनमा स्थानीय सरकारले आफ्नो वडा पालिका भित्र रहेका तेक्वान्दो सँगै विभिन्न खेलका प्रशिक्षक र खेलाडीहरुलाई राजनैतिक रुपमा नहेरी पालिको गौरव र सम्पत्तिको रुपमा जगेर्ना गर्न दीर्घकालीन योजनाहरु आउने आशा लिएका समेत जनाएका छन् ।

Post a Comment

0 Comments