यु–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको बुद्धिचाल अन्तरगत खुलामा लुम्बिनी तथा छात्रामा बाग्मती पहिलो भएको छ । लुम्बिनी प्रदेशले सात चरणको खेलमा सत प्रतिशत जित सहित १४ अंक जोडेको हो । बाग्मती ११ अंक सहित दोस्रो तथा सुदूर पश्चिम ९ अंक सहित तेस्रो भएको हो । लुम्बिनीको टोलीमा किरण भण्डारी, टोपलाल अधिकारी, सुशान्त अर्याल र आरुष नाग थिए ।
यसै गरी छात्रा तर्फ बाग्मतीले सत प्रतिशत जीत सहित पहिलो स्थान हात पारेको छ । बाग्मतीको जीतमा रिया श्रेष्ठको प्रेरणादायी प्रदर्शन कामीयाव भएको थियो । यसै महिना सम्पन्न नवौँ राष्ट्रिय महिला च्याम्पियनसिपमा पाँचौँ स्थान हात पारेकी रियाले यस प्रतियोगितामा सत प्रतिशत स्कोर गरेकी हुन् । लुम्बिनीले चौथो चरणमा बाग्मतीसँग १–३ ले पराजित हुनु बाहेक अन्य खेलमा हार सहन परेको थिएन । बाग्मतीको टोलीमा रियाको अलावा राष्ट्रिय च्याम्पियनसिपको अनुभव बटुली सकेकी श्रीसा दुवाल पनि समावेश थिइन् । अन्य । अन्य खेलाडीमा एन्जल महर्जन र प्रकृति राई थिए । टोलीको प्रशिक्षण दुई पटकका राष्ट्रिय च्याम्पियन तथा फिडे ट्रेनर केशव श्रेष्ठले गरेका थिए ।
0 Comments