व्यवसायीहरुलाई कर सम्बन्धि ज्ञान दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा जिल्ला भरीबाट १०० जना व्यवसायीहरु सहभागी थिए।
निलकण्ठ नगरपालिकाको सिटि हलमा आयोजित उक्त कार्यक्रममा नगरका वरिष्ठ लेखा अधिकृत आर्जन श्रेष्ठले व्यवसायहरुका लागि ल्याईएका निति, नियम एवं कर सम्बन्धि जानकारी दिनुभएको थियो भने घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले व्यवसायिक फर्म दर्ता, नविकरण, खारेजी एवं व्यवसाय अनुगमन सम्बन्धि जानकारी दिनुभएको थियो।
आगामी दिन मै १५ दिने लेखा प्रणाली सम्बन्धि तालिमको आयोजना गर्ने उद्देश्य रहेको धादिङ चेम्बरका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले जानकारी दिनुभएको छ।
धादिङ चेम्बरका सल्लाहकार एवं बार एसोसिएसन धादिङका अध्यक्ष अधिवक्ता विश्वराज अधिकारीले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका प्रा.लि. फर्म दर्ता, नविकरण सम्बन्धमा जानकारी दिनुभएको थियो भने धादिङ चेम्बरका महासचिव (आ.ए.सि.एम.ए) गोकुल प्रसाद रुवालीले हाल नेपाल सरकारको विद्यमान कर निति, नियम ऐन तथा लेखा प्रणाली सम्बन्धि जानकारी दिनुभएको थियो।
0 Comments