Breaking News

6/recent/ticker-posts

Header Ads Widget

फिडे १०० वर्षको उपलक्ष्यमा चेस

३ श्रावण, काठमाडौं ।

                  विश्व बुद्धिचाल महासंघ सन् १९२४ मा स्थापना भएको अवसर पारेर इन्टरनेशल चेस दिवसको उपलक्ष्यमा त्रियोग हाई स्कुल, धापासीले चौथो त्रियोग अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ । श्रावण ३ र ४ गते गरि दुई दिन सञ्चालन हुने प्रतियोगिता विभिन्न विधामा स्वीस लिग नियम अनुसार ७/७ चरणको खेल खेलाइनेछ। 



                   प्रतियोगिताको उद्घाटन विद्यालयको प्राङ्गणमा कार्यकारी निर्देशक अजित लामा, प्रधानाध्यापक सविता कपरुवान, नेपाल बुद्धिचाल संघका महासचिव धरम लामा र कोषाध्यक्ष तारा बहादुर रानाभाटले गरेका थिए । 



               काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष केशब श्रेष्ठको प्रयासमा ग्रासरुटवाट प्रतिभावान खेलाडी उत्पादन गर्ने हेतुले काठमाडौँ उपत्यकाका ४० भन्दा बढि विद्यालयका ३४० भन्दा बढि खेलाडीलाई सहभागिता गराइएको थियो । 

              त्रियोग स्कुलको व्यवस्थापनमा आज तीन चरणको खेल सम्पन्न भएका छन्। तेस्रो चरण सम्मको खेल पश्चात् कक्षा ६–७ को छात्रा समूहमा त्रियोगकी नोयल थापा र नितेन मेमोरियलकी ज्ञानी श्रेष्ठ ३/३ अंक सहित शीर्ष स्थानमा रहन सफल भएका छन्। सोही समूहको छात्र तर्फ त्रियोग स्कूलका आभास रिमाल र सम्पन्न बज्रचार्य, सुर्योदयका अग्रीम सैजु र नितेन मेमारियलका सञ्जीव तामाङ ३/३ अंक सहित शीर्ष स्थानमा छन् । 

               त्यसैगरि सिनियर कक्षा ८–१० को छात्रा समूहमा त्रियोगकी रिया श्रेष्ठ, कृपा बेलबासे, सेन्ट मेरीजकी एलिना तिमल्सिना र दिव्या सिग्देल ३/३ अंक सहित शीर्ष स्थानमा उभिन सफल रहे। यस्तै छात्र तर्फ त्रियोगका रियान श्रेष्ठ, पुष्पसदनका सुप्रभ सागर श्रेष्ठ, के.एम.सीका विधान सापकोटा र नितेन मेमोरियलका दिपक गोले ३/३ अंक सहित शीर्ष स्थानमा छन् । 

              विद्यार्थीहरुको भविष्य बुद्धिचाल खेल मार्फत उज्वल बनाउन चेस खेल सबैभन्दा उचित माध्ययम हो। सहि विचार र सहि योजनाले मात्र जीवनपथ फलदायी हुनेछ। प्रतियोगिताका संयोजक केशब श्रेष्ठले हामी यसैका लागि लागिपरेको बताए। उनका अनुसार भोली शुक्रबार बिहान ९ बजेबाट सुरु हुनेछ र समापन समारोह तथा पुरस्कार वितरण सोही दिन दिउँसो २ बजे हुनेछ ।

Post a Comment

0 Comments