Breaking News

6/recent/ticker-posts

Header Ads Widget

त्रियोगमा बुद्धिचाल सम्पन्न

श्रावण ४ गते काठमाडौ 

त्रियोग  स्कुलको आयोजनामा सम्पन भएको अन्तर विद्यालय प्रतियोगितामा  कक्षा  १–३ छात्रा समूहमा इम्पेरियल वर्ल्डकी अग्रता आचार्य प्रथम, यूरो हात्तिगौँडाकी रुस्बेरी चौलागाई द्वितीय तथा पेभिलियनकी अधिरा पौडेल तृतीय भइन् । सोही समूहको छात्रतर्फ ल्याबोरेटरीका अंकुर पोखरेल प्रथम, त्रियोगका प्रसुन मल्ल द्वितीय तथा काठमाडौ गुरुकुलका सुनभ ओझा तृतीय भए । 



कक्षा ५–४ छात्रा समूहमा नितिन मेमोरियलकी नन्दा श्रेष्ठ प्रथम, यूरो हात्तिगौँडाकी कृसा श्रेष्ठ द्वितीय तथा मार्भेलसकी सोनालिका सराफ तृतीय भइन् । सोही समूहको छात्रतर्फ माछापुच्छ्रे आइबीका साहास श्रेष्ठ प्रथम, पुस्पसदनका हार्दिक पन्त द्वितीय तथा पेभिलियनका लक्ष मोरे तृतीय भए । 


कक्षा ६–७ छात्रा समूहमा मार्भेलसकी निहाना श्रेष्ठ प्रथम, त्रियोगकी परिधी खत्री द्वितीय तथा मार्भेलसकी कृष्ती रिजाल तृतीय भइन् । सोही समूहको छात्रतर्फ पाठशालाका ओस्कार पन्थी प्रथम, त्रियोगका आभास रिमाल द्वितीय तथा त्रियोगकै सम्पन्न बज्रचार्य तृतीय भए । 



कक्षा ८–१० छात्रा समूहमा त्रियोगकी रिया श्रेष्ठ प्रथम, त्रियोगकै कृपा बेलबासे द्वितीय तथा डि.ए.भीकी प्रज्ञा पन्त तृतीय भइन् । सोही समूहको छात्र तर्फ मनकामनाका प्रतिक सुवेदी प्रथम मोडर्न इन्डीयनका आशीष गुप्ता द्वितीय तथा क्रियटिभका सफल महर्जन तृतीय भए ।  


त्यसैगरी आयोजक त्रियोग हाई स्कुल कक्षा ६–७ र कक्षा ८–१० समूहको समूहविजेता भयो । र मार्भेलस स्कुल कक्षा ५–४को समूह विजेता तथा यूरो स्कुल हात्तिगौँडा कक्षा १–३ स विजेताको उपाधी हात पार्न सफल भयौ।  



बुद्धिचाल दिवसको अवसरमा आयोजना गरेको चौथो त्रियोग अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आज श्रावण ५ गते सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौँ उपत्यकाका ५० भन्दा बढि विद्यालयका ३५० भन्दा बढि खेलाडीको सहभागिता रहेको थियो । आज भएका अन्तिम चरणका खेलपछि विजेताहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल बुद्धिचाल संघका अध्यक्ष हेराकाजी महर्जन, बरिष्ठ उपाध्यक्ष दिपेन राई, पुर्व अध्यक्ष विदुर गौतम तथा प्रथम महिला नेशनल च्याम्पियन मोनालिसा खुम्बुको उपस्थिती रहेको थियो । 

Post a Comment

0 Comments