Breaking News

6/recent/ticker-posts

Header Ads Widget

साईनिङ्ग स्टार्स सेकेण्डरी स्कुलले जिते चेस उपाधि

 


१८ श्रावण, ललितपुर ।

       एकेडेमीक एण्ड लर्निङ्ग एचिभमेण्ट थ्रो रियल मानेजमेण्ट (अलार्म) नेपालको मूल आयोजनामा एक दिने विद्यालय स्तरिय र्‍यापिड बुद्धिचाल प्रतियोगिता ललितपुरको एकान्त कुनामा सम्पन्न भएको छ। पाब्सन अन्तर्गत ललितपुरका २५ वटा निजि विद्यालय मिलेर रचनात्मक अभियान सञ्चालन गरिरहेको अलार्म नेपालले पहिलोपटक बुद्धिचाल प्रतियोगिता सञ्चालन गरेको छ। 

          प्रथम अलार्म नेपाल बुद्धिचाल प्रतियोगितामा ललितपुरको साईनिङ्ग स्टार सेकेण्डरी बोर्डिङ स्कूलले खुल्ला र महिला दुवै विधामा २२ अंक जोड्दै पहिलो स्थान हासिल गर्न सफल भएका छन्। किडल्याण्ड बोर्डिङ स्कूलले १६.५ अंक बनाएर दोश्रो स्थान हात पारेका छन् । त्यस्तै नाजारथ बोर्डिङ स्कूलले १५.५ अंक बनाएर तेश्रो बन्न सफल भए।



                 प्रतिस्पर्धामा खुल्ला तर्फ साईनिङ्ग स्कूलका यमन खड्काले सात चरणको खेलमा अपराजित रहँदै आफूलाई अब्बल साबित गरेका छन्। यमनले ७ अंक जोडेर सतप्रतिशत नतिजा आत्मसाथ गर्दै प्रथम स्थान हासिल गरेका छन्। मेघा बोर्डिङ स्कूलका एञ्जल अधिकारीले ६ अंक बनाएर दोश्रो स्थान प्राप्त गरेका छन् भने किडल्याण्ड बोर्डिङ स्कूलका सिमोन पौडेलले ५.५ अंकमम रहि तेश्रो स्थान ओगट्न सफल बने। 



             साईनिङ्ग स्टार्स स्कूलकै प्रबज्योति कोर अरोराले प्रतिस्पर्धामा प्रतिस्पर्धात्मक ५.५ अंक जोडेर महिला तर्फ च्याम्पियन बनेकी छन्। अरोरासंग झिनो अन्तरले पछि परेकी नाजारथ बोर्डिङ स्कूलकी अनुष्का श्रेष्ठ ५.५ अंक नै जोडेर पनि दोश्रो स्थानमा रहनु परेको थियो। यस्तै किडल्याण्डकी शलिना राई ५ अंक बनाएर तेश्रो स्थानमा उभिएकी छिन्। 



               यसैगरी खुल्ला तर्फ अमरकमन्ति स्कूलका जेबिल डंगोल चौथो, मेघा स्कूलका गौरव हुमागाई पाँचौ, यशस्वी गुरुकुलका डेभिड कुशु कटुवाल छैटौं, साईनिङ्गका रियाज तण्डुकार सातौं, पिस गार्डेनका बिएस माझी आठौं, न्यू लाइफ स्कूलका ईश्वर श्रेष्ठ नवौं र नाजारथ स्कूलका आर्य खड्कि दशौं स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेका छन्। 

              महिला तर्फको प्रतिस्पर्धामा प्याराडाइज स्कूलका सोफिया खत्री चौथो, पिस गार्डेनका श्रीजला महर्जन पाँचौ, साईनिङ्गका युनिका श्रेष्ठ छैटौं, नव पर्वत सेकेण्डरी स्कूलका सुजाता थापा मगर सातौं, अमर कान्ति स्कूलका अंकिता तामाङ्ग आठौं, एकता एकेडेमीका सुविज्ञा श्रेष्ठ नवौं र माउण्ट हार्मोनका युनिका श्रेष्ठ दशौं भएकी छिन्। 

          प्रतियोगिताको समापन समारोहमा पाब्सन नेपालका केन्द्रीय सचिव रविनसन शर्माले बिजेता विद्यालयलाई आकर्षक ट्रफि वितरण गरेका थिए। शर्माले नेपाल बुद्धिचाल महासंघ संग बुद्धिचाल खेलको बृहत्तर बिकासका लागि सम्झौता गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। ललितपुर जिल्ला पाब्शनका उपाध्यक्ष तारा खनालले बौद्धिक खेल बुद्धिचाल प्रतियोगिता मार्फत विद्यार्थीहरुमा सकारात्मक सोचको अभिबृद्धि हुने भएकोले शिक्षा जगत आकर्षित भइरहेको धारणा राखेका थिए । बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारले बुद्धिचाल खेलको औचित्य बारे मन्तब्यमा प्रकाश पारेका थिए । 

        बुद्धिचाल प्रतियोगिता प्रमुख निर्णायक सिनियर आर्विटर सोराज ताम्राकारको रेखदेखमा सम्पन्न भएको थियो भने कूल २० विद्यालयका ५८ छनौट विद्यार्थीहरुको सहभागीता रहेको थियो। प्रतियोगिताका संयोजक कन्हैया कुँवरको सभापतित्वमा सम्पन्न समापन समारोहमा तीन पालिकाका पाब्शन प्रमुख, विद्यालयका प्रधानअध्यापक, खेल कर्मी र पत्रकार बन्धुहरुको उपस्थिति रहेको थियो।

Post a Comment

0 Comments