Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नेपाल प्रहरीले विद्यालय स्तरीय चेस प्रतियोगिता सम्पन्न गरे

२६ श्रावण, काठमाडौं । विभागीय टोली नेपाल प्रहरीले विद्यालय स्तरीय  दुई दिनको बुद्धिचाल खेल सम्पन गरेको छ। नेपालमा बुद्धिचाल खेलको सम्भावनालाई मध्यनजर गर्दै ग्रासरुट बलियो बनाउने उदेश्य बोकेर २५, २६ गते छात्र र छात्रा समूह र्‍यापिड चेस प्रतियोगिताको आयोजना गरेको हो ।



        प्रथम नेपाल प्रहरी स्कुल , सामाखुशी अन्तर विद्यालय चेस प्रतियोगितामा उपत्यकाका एक विद्यालय एक खेलाडी गरी १८९ जना विद्यार्थीहरुले सहभागी जनाएका छन्। श्पर्धा अन्तर्गत खुल्ला सिनियर तर्फ शीर्ष ७१ जना विद्यार्थी, छात्र  जुनियर तर्फ ७३ जना खेलाडी र छात्रा तर्फ ४५ जना खेलाडीहरुले ७/७ चरणको खेल खेलेका छन्। 



      नेपाल प्रहरी स्कूल हल सामाखुसीमा सम्पन्न प्रतिस्पर्धामा सिनियर खुल्ला तर्फ अरुणीमा सेकेण्डरी स्कूलका शीर्ष वरियता १७४४ रेटेड सजल न्यौपानेले उपाधि हात पारेका छन्। न्यौपानेले सात चरणको खेलवाट ६ खेलमा जित एक खेल बराबर गर्दै ६.५ अंक सहित पहिलो स्थानमा उभिन सफल भए। उनले नगद ७ हजार , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 

      यसैगरी निटेन मेमोरियल स्कूलका अनरेटेड खेलाडी दिपक गोले ६ अंक जोडेर दोश्रो स्थान ओगट्न सफल भएका छन्। गोलेले नगद ५ हजार , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। उनी सँगै ६ अंक जोडेर मनकामना सेकेण्डरी स्कूलका अनरेटेड प्रतीक सुवेदीले तेश्रो हुँदै नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। जेम्स स्कूलका एन्सिल शाक्यले सान्त्वना पुरस्कार स्वरुप नगद २ हजार, प्रमाणपत्र प्राप्त गरेका छन्। 

   नेपाल प्रहरी ईसिए संयोजक कर्ण सिं साउदको संयोजकत्वमा सम्पन्न छात्र जुनियर प्रतिस्पर्धामा काठमाडौ प्रज्ञाकुञ्ज स्कूलका कशिभ कार्कीले ६ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन्। ६ अंक नै जोडेर सूर्योदय सेकेण्डरी बोर्डिङ स्कूलका अग्रिम शैंजू द्वितीय, अरुणीमा सेकेण्डरी स्कूलका सिद्धार्थ लामा तृतीय भएका छन्। उनीहरु सँग बराबर अंक जोडेर सान्त्वना पुरस्कार प्राप्त गर्नेमा बृहष्पटी विद्या सदनका अर्हान्त महर्जन परेका छन्। 

       यता छात्रा विधा तर्फ ग्रीनहिल स्कूलका १४३२ रेटड शीर्ष बरियता प्राप्त एञ्जल महर्जले ७ अंक जोडेर एकल अग्रता सहित प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनी सँगै रिलायन्स पब्लिक स्कूलका राधिका पौडेल ६ अंक बनाएर दोश्रो स्थानमा रहे। त्रियोग हाई स्कूलका परिधि खत्री ५.५ अंक बनाएर तेश्रो स्थान प्राप्त गरेका छन्। सान्त्वना पुरस्कार जेम्स स्कूलका ताचिता अग्रवालको नाममा रह्यो। 

      आज सम्पन्न पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि डेपुटी इन्स्पेक्टर जनरल अफ पोलिस (डिआईजि) ले विजेता खेलाडीहरुलाई नगद पुरस्कार वितरण गरेका हुन्। समापन समारोहमा नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामा , कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रमुख निर्णायक गोपाल महर्जन , डेपुटी आर्विटर सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो। 

Post a Comment

0 Comments