Breaking News

6/recent/ticker-posts

Header Ads Widget

धरानमा ४४ बोरा गाँजा बरामद

विराटनगर । प्रहरीले धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार बिहान करिब ९ बजे मुला लोड भएको को १ ख ४७३३ ट्रक गाँजा फेला परेको हो । बरामद भएको गाँजा ४४ बोरा छ ।



गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपलिका-७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीदभूमी गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।


प्रहरीका अनुसार बरामद भएको गाँजा भारत पठाउनका लागि ल्याइएको हो । धनकुटाको छिन्ताङ आसपास व्यवसायिक गाँजाको खेती हुन्छ । धनकुटाबाट ल्याएर मोरङ सुनसरीको सीमावर्ती क्षेत्रमा स्टोर गरेर राख्ने र रातको समयमा भारततर्फ निकासी हुने गरेको प्रहरीले बताएको छ ।

Post a Comment

0 Comments