Breaking News

6/recent/ticker-posts

Header Ads Widget

पुरूषोत्तम सिलवाल र पदम कृष्ण श्रेष्ठ चेस विजयी बने

१९ श्रावण, काठमाडौं। नेपाल युथ वन डे र्‍यापिड रेटिङ चेस प्रतियोगिता खुल्ला तर्फ युवा पुरूषोत्तम सिलवाल र रेटिङ्ग १७०० मुनि पदम कृष्ण श्रेष्ठले उपाधि माथि आ-आफ्नो नाम लेखाउन सफल भएका छन्। प्रतिस्पर्धामा दुबै विधाका विजेताहरूले ७ खेलमा ६.५ अंक जोडेर अपराजित रहँदै विजयी भएका छन्। 




          सुबास कुमार गुरुङ्गको संयोजकत्वमा सम्पन्न खेलमा विजेता पुरुषोत्तम सिलवालले नगद रु १५,००० संगै रु ८,००० मूल्यको अक्फित स्मार्ट वाच प्राप्त गरेका छन्।  रेटिङ्ग १७०० मुनिका विजेता पदमकृष्ण श्रेष्ठले नगद रु १०,००० संगै रु ६,००० मूल्यको अक्फित स्मार्टवाच प्राप्त गरेका छन् ।



       पाभिलियन्स चेस एकेडेमीलको आयोजनामा भएको खेलका विजेतालाई नगद रकम कुल रु ९३,०००/- पुरस्कार रकम वितरण गरिएको थियो।  जस अन्तर्गत खुल्ला तर्फ दोश्रो देखि दशौं स्थानमा क्रमशः सुरोज महर्जन, सबिन चन्द्र घिमिरे, राम हरि कार्की, रमेश भण्डारी, अभीक शाह, पूर्णराज खड्का, सीएम सुश्रुत दाहाल, नबिन तण्डुकार, र कपिलदेव नाथ रहेका थिए।

         सामाखुशी स्थित पुष्पकुञ्ज माविमा सञ्चालन भएको प्रतिस्पर्धामा रेटिङ्ग १७०० मुनि अनरेटेड खेलाडी द्रोन महर्जन र मनीष कुमार देवले उत्कृष्ट प्रदर्शन गरि दोश्रो र तृश्रो स्थानमा रशन सफल बनेका छन्। उनीहरु संगैचौथो देखि  शीर्ष दशौं स्थानमा क्रमशः रमेश्वर मल्ल, नबिन कालौनी, राजु श्रेष्ठ, सम्यक श्रेष्ठ, ओम लामा, सुरेश राई, र केसी खगेन्द्र रहेका थिए।  

        मृग नगर राइजिङ्ग क्लबको सहयोगमा सम्पन्न खेलका विशेष क्षमताको पुरस्कार मध्ये पाभिलियन्स चेस एकेडेमीका अग्रिम सैंजु उमेर १० श्रेणीमा उत्कृष्ट रहे, जीएलसी एजुकेशनल हबका अबिन पाण्डे उमेर १२ मा उत्कृष्ट रहे, पाभिलियन्स चेस एकेडेमीका कशिव कार्की उमेर १४ मा उत्कृष्ट रहे, ललितपुर स्पोर्ट्स क्लबका अंकुर पोखरेल उमेर १६ मा उत्कृष्ट रहे, र रामप्रसाद श्रेष्ठ ५५+ भेट्रान श्रेणीमा उत्कृष्ट रहे। 

       प्रमुख निर्णायक महेश्वर लाल डंगोलले घोषणा गरेको परिणाम अनुसार महिला श्रेणीमा हंगेरी ओलम्पियाडका प्रमुख खेलाडी सिन्दिरा जोशी विजयी भइन् । जोशी लाई पछ्याउदै जीएलसी एजुकेशनल हबकी बिविषा तामाङ दोस्रो स्थानमा रहिन्।  

          पुरस्कार वितरण तथा समापन समारोहमा नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई , विशेष अतिथि टेक स्टुडियो प्रा.ली. का सिइओ निरञ्जन श्रेष्ठ र प्रमुख अतिथि काठमाडौं महानगरपालिका २६ नं. वडा अध्यक्ष खेम तिवारीले प्रतियोगिताका विजेताहरुलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कमर वितरण गरेका छन्। नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य सुसिल चौधरीको समन्वयात्मक भूमिकामा ग्राउण्ड लेभलवाट प्रतिभा खोज प्रतिस्पर्धा सफलतापूर्वक सम्पन्न भएको छ।

Post a Comment

0 Comments