Breaking News

6/recent/ticker-posts

Header Ads Widget

४५औं चेस ओलम्पियाडमा सहभागी हुने टिमलाई नेेपाल बुद्धिचाल महासंघको क्लोज क्याम्प तयारी।

२२ श्रावण, काठमाडौं । विश्व बुद्धिचाल महासंघले सन् 2024 सेप्टेम्बर 9 देखि 23 तारिख सम्म यूरोपको हंगेरी स्थित बुढापेष्टमा ४५ औं चेस ओलम्पियाडको आयोजना गर्ने तय गरेको छ। नेपाल बुद्धिचाल महासंघले पुरुष तर्फ कोषाध्यक्ष तारा बहादुर रानाभाट र महिला तर्फ केन्द्रीय सदस्य राजु ताम्राकारको नेतृत्वमा दुई टोलिको सहभागीता गराउने निश्चित गरेका छन्।



४५ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली खेलाडीका लागि नेपाल बुद्धिचाल महासंघले बुधबार देखि ठमेल स्थित होटल सत्कारमा बन्द प्रशिक्षण सञ्चालन गर्ने प्रवन्ध मिलाएको छ। बन्द प्रशिक्षण मार्फत नेपाली टोलिको खेल स्तर उन्नति गर्न काजकिस्तानका ग्राण्ड मास्टर (जिएम) अजिब क्याक्ट काजिलेभ मंगलबार काठमाडौ आइपुगेका छन्। 



आफ्नो जीवनको एक समय २७ सय रेटिङ्ग नघाएका सुपर जिएम अजिब क्याक्ट काजिलेभलाई आज विहान नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई, महासचिव धरम बहादुर लामा, उपमहासचिव मोनालिसा खम्बू र कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। 


विश्व भरका एक सय १९१ राष्ट्रहरुको सहभागीता रहने चेस ओलम्पियाडमा नेपाली पुरुष टोलिले समूह डि मा रहेर अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी जनाउने छन्। उक्त समुहमा नेपालले पदक हासिल गर्ने लक्ष्य सहित श्रावण २३ गते देखि भदौ ५ गते सम्म १५ दिन विशेष स्तरको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। यस लगत्तै नेपाली चेस टोलिलाई  थप १५ दिनको अनलाइन प्रशिक्षणको व्यवस्था गरिएको छ।


गत बैशाखमा सम्पन्न २४ औं  नेशनल चेस च्याम्पियनसीप तथा ओलम्पियाड छनौटमा उत्कृष्ट खेलाडी झापाका नेपाल च्याम्पियन २०१९ रेटड  राजन सुवेदी , २००५ रेटेड सि एम शुश्रुत दाहाल , काभ्रेका फिडे मास्टर २०९० रेटेड क्षितिज भण्डारी , रौतहटका २०३९ रेटेड रुपेश जैशवाल र नेपाली उच्च वरियता खेलाडी  सि एम २२८२ रेटेड विवेक थिङ खुल्ला तर्फको टोलीमा रहन सफल भएका छन्।


त्यसैगरी महिला नेशनल च्याम्पियनसिपमा उत्कृष्ट भएका पाँच खेलाडी मध्ये काठमाडौकी १७०८ रेटेड सिन्दिरा जोशी ,  झापाकी १७४६ रेटेड कृतिसारा अधिकारी , कास्किकी १६८४  रेटेड  पूजा भण्डारी , मोरङकी १६७८ रेटेड  शान्ति धिमाल र काठमाडौकी युवा १६ राष्ट्रिय च्याम्पियन १६४० रेटेड रिया श्रेष्ठले उक्त क्लोज क्याम्पमा सहभागीता जनाउनेछ।


विश्व बुद्धिचाल महासंघको निमन्त्रणामा हंगेरी टोलिको नेतृत्व गर्दै चिफ डेलिगेटका रुपमा महासंघका अध्यक्ष हेराकाजी महर्जन र फिडे डेलिगेटका रुपमा महासचिव धरम बहादुर लामा बुढापेष्ट जाने भएका छन्। डेलिगेट्सले नेपालमा  बुद्धिचाल खेलको बृहत्तर बिकासका लागि महत्त्वपूर्ण भेटघाट गर्नेछन्।

चेस खेल महाकुम्भको रुपमा रहेको उक्त ४५ औं हंगेरी चेेेस  ओलम्पियाडमा पुरुषतर्फ संयुक्त राज्य अमेरिकालाई पहिलो वरियता प्रदान गरिएको छ । प्रतिस्पर्धामा भारतीय टोली दोश्रो, चीन तेस्रो, उज्बेकिस्तान चौथो र नेदरल्याण्डलाई पाँचौ वरियता प्रदान गरिएको छ । त्यस्तै महिला तर्फ जर्जियालाई शिर्ष वरियता प्रदान गरिएको छ भने भारत दोश्रो स्थान, पोल्याण्ड तेस्रो, चीन चौथो र अजरबैजानलाई पाँचौं वरियता प्रदान गरिएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पुरुष टिमले ११५ औं वरियता र महिला टिम ११७ औं  स्थानमा रहेर खेलको शुरुआत गर्नेछन् । नेपालले पहिलोपटक ओलम्पियाडमा अन्तर्राष्ट्रिय स्तरको कोच व्यवस्था गरि ग्रायण्ड मास्टर अजिब क्याक्ट काजिलेभलाई टिम सँगै हंगेरी लग्ने भएको छ। यसपटक नेपालले दुवै विधामा पदकको लक्ष्य राखेको छ।

Post a Comment

0 Comments