Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नेपाल खेलकुद महासंघको इञ्चार्जमा जगन्नाथ थपलिया

२३ श्रावण, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले नेपाली खेलकुद क्षेत्रलाई प्रत्यक्ष निगरानी गर्न पार्टी सचिवालय बैठक मार्फत इञ्चार्ज नियुक्त गर्दै आइरहेको छ। राष्ट्रिय खेल वृत्तमा पार्टीको तर्फवाट राष्ट्रिय खेलकुद नीति निर्माण सम्म पहुँच पुर्‍याउदै समग्र खेलकर्मीहरुमा समन्वयकारी नेतृत्व प्रदान गर्ने उदेश्यले इञ्चार्ज नियुक्त गर्ने गरेका छन्। 



          नेकपा एमाले पार्टी सचिवालय बैठकले गरेको नयाँ कार्यविभाजन अनुसार कर्णबहादुर थापालाई फरक जिम्मेवार प्रदान गर्दै महांघको इञ्चार्जबाट बिदा गरेका छन्। थापाको स्थानमा पार्टीले नयाँ इञ्चार्जको जिम्मा जगन्नाथ थपलियालाई प्रदान गरिएको छ । थपलिया नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा संसदीय दल नेता पनि हुन्। 

      नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले ७७ वटा जिल्लामा नेपालका विभिन्न खेलकुद गतिविधिलाई निरन्तर आयोजना गर्दै आइरहेको छ। नेपाली राजनैतिक पार्टीको पहिलो संगठनको रुपमा स्थापित नेपाल खेलकुद महासंघले आफ्नो पार्टीको खेलकुद इञ्चार्ज संग सहकार्य गर्दै खेल क्षेत्रमा योगदान पुर्‍याउदै आइरहेको छ। 

    पार्टीले नयाँ इञ्चार्जको नियुक्ति गरे पश्चात् बुधबार महासंघले एक कार्यक्रम आयोजना गरी निवर्तमान इञ्चार्ज थापालाई बिदाइ तथा थपलियालाई स्वागत गरेको छ। महासंघका अध्यक्ष पर्शुराम बस्नेतको सभापतित्वमा सम्पन्न बिदाइ तथा स्वागत कार्यक्रम महासंघका महासचिव धरम बहादुर लामाले सञ्चालन गरेको थियो । 

      कार्यक्रकमा मन्तब्य व्यक्त गर्ने क्रमा लामो इतिहास बोकेको नेपाली राष्ट्रिय खेलकुदलाई पटक पटक नेतृत्व प्रदान गर्ने अबसर पाएको उदाहरण प्रस्तुत गर्दै महासंघका अध्यक्ष पर्शुराम बस्नेतले खेलकुद क्षेत्रको गरिमा कायम गरेको स्मरण गराएका छन्। बस्नेतले निकट भविष्यमा खेलकुद भातृ संगठन मार्फत खेल क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका खेलाडी, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारीता पुरस्कारको आयोजना गर्ने जानकारी गराएका छन्। 

     नेपाल खेलकुद महासंघले नेताहरूलाई आज बिदाइ तथा स्वागत गरेको कार्यक्रममा पार्टीका नेतागण, महासंघका उपाध्यक्षहरू, महासचिव, सचिव, कोषाध्यक्ष, पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो । 

Post a Comment

0 Comments