Breaking News

6/recent/ticker-posts

Header Ads Widget

धादिङमा भेट्रान चेस च्याम्पियन सुरु।

असोज ५ गते , धादिङ । धादिङ नेपाल बुद्धिचाल महासंघ  र धादिङ जिल्ला बुद्धिचाल संघको आयोजनामा शनिबारदेखि छैटौं राष्ट्रिय भेट्रान चेस च्याम्पियनसिप धादिङको महादेवबेसीमा सुरु भयो। 



आज सम्पन्न भएको पहिले र दोस्रो चरणको खेलमा तीन पटकको नेशनल च्याम्पियन बद्रीलाल नेपाली विलमलाल श्रेष्ठ , पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकार , हर्क चोङ्वाङ लिम्बू, भक्तपुरका गणेशमान दुवाल अपराजित रहेर २ अंक जोडेका छन्।



बद्रीले पहिलो चरणको खेलमा स्याङ्जाका मोहनसिंह प्रधानलाई पराजित गरे भने दोस्रो चरणको खेलमा भक्तपुरका जगन्नाथ ताम्राकारलाई हराउन सफल भए।


नविनले सप्तरीका रामदेव मण्डललनई पहिलो खेलमा हराए भने दोस्रो खेलमा भक्तपुरका कृष्ण गोपाल नापिित माथी सफलता हात पारे।


फिडे मास्टर विलमले दोस्रो चरणको खेलमा सिएम भगवती प्रसाद श्रेष्ठलाई हराए भने पहिलो चरणको खेलमा भिमदत्त पाण्डेलाई पन्छाउन सफल भएका थिए।


त्यसैगरी हर्कले   दोस्रो चरणको खेलमा कास्कीका राम बहादुर क्षेत्रीलाई हराएका थिए भने पहिलो चरणमा  धादिङका बिष्णु मिश्र लिम्बुलाई पन्छाए। 


राम्रो सुरुवात गरेका गणेशमानले पहिलो चरणको खेलमा तारामान श्रेष्ठलाई स्तब्ध बनाए भने दोस्रो चरणको खेलमा लक्षमण कुमार माथि जित निकाले।


लक्षमण कुमार सेठ, राम बहादुर कार्की , तारामान श्रेष्ठ , सुर्य नारायण दास, कृष्णगोपाल नापित, जगन्नाथ ताम्रकार ,राज नारायण चौधरी ,विनोद कुमार गुप्ता , भिमदत्त पाण्डेले १/१ अंक जोडेका छन्।


धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष विकास कार्कीको संयोजनमा भइरहेको प्रतियोगिताको उद्घाटन थाक्रे गाउँपालिका अध्यक्ष र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले संयुक्तरूपमा चेसको गोटी चालेर गरेका थिए।


धाक्रे गाउँपालिका प्रायोजनमा भइरहेको प्रतियोगिता सोमवार सम्पन्न हुनेछ।

Post a Comment

0 Comments