Breaking News

6/recent/ticker-posts

Header Ads Widget

भदौ २९ देखि दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप

 काठमाडौं । दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप आयोजना हुने भएको छ । वाग्मती योग खेलकुद समितिले आगामी भदौ २९ गते तारकेश्वर नगरपालिकासँगको समन्वयमा च्याम्पियनसिप आयोजना गर्न लागेको हो । 



च्याम्पियनसिपमा सहभागी हुने टोलीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पाठ्यक्रममा रहेर योगासन प्रस्तुत गर्नुपर्ने आयोजक कमिटीले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । 


एकल प्रतिस्पर्धा र रिदमिक समूह गरेर दुई फरक विधामा हुने प्रतिस्पर्धामा ९ देखि ५० वर्षमाथिका विभिन्न उमेरका फरक फरक समूहबीच खेल हुने छ । 


पुरुष र महिलाको छुट्टाछुट्टै आयोजना हुने यस खेलका लागि ३६२ खेलाडी सहभागी हुने वाग्मती प्रदेश योग खेलकुद संघका अध्यक्ष एवं आयोजक कमिटी संयोजक केदारनाथ बस्ताकोटीले जानकारी दिए । 


प्रतियोगिता तारकेश्वर नगरपालिका–८ स्थित टुसाल मल्टिभेन्यूमा शनिबार (भदौ २९) बिहान ७ बजेबाट सुरु हुने भएको छ ।

Post a Comment

0 Comments