Breaking News

6/recent/ticker-posts

Header Ads Widget

ललितपुरमा बाढीपीडित सहयोगार्थ ३ किमी वाल्काथोन पदयात्रा सम्पन्न ।

१९ असोज , ललितपुर । 

            ललितपुर महानगर समिति द्वारा असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण बाढी र पहिरोवाट प्रभावित क्षेत्रमा उद्दार एवं राहत वितरण गर्ने उदेश्यले राहत संकलन गर्न ३ किलोमिटरको पदयात्रा कार्यक्रम सम्पन्न गरेका छन्। 


          नेपाली काँग्रेस पार्टी विपद् व्यवस्थापन समितिको प्राप्त निर्देशन अनुसार महानगर समितिले ललितपुरको मंगलबजार देखि कुपण्डोल सम्म पदयात्रा पूरा गरेका छन्। नेपाली काँग्रेसका महामन्त्री माननीय गगन कुमार थापाको नेतृत्वमा शुरु भएको उक्त पदयात्रा कार्यक्रमा उपस्थित सहभागीहरुले नगद १ - १ हजार राहत प्रदान गरेका छन् । 


        पदयात्रामा ललितपुर जिल्लाका लागि प्रतिनिधिको जिम्मा पाएका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसि , ललितपुर क्षेत्र नं.१ का सभाषद् मा. उदय शमशेर राणा, बाग्मती प्रदेश सभाका उपनेता मा. रामकृष्ण चित्रकार, राष्ट्रिय उपभोक्त मञ्च अध्यक्ष प्रेमलाल महर्जनको बिशेष उपस्थिति रहेको थियो ।



        यसैगरी ललितपुर जिल्लाका पार्टी सभापति जितेन्द्र श्रेष्ठ, महाधिवेशन प्रतिनिधिहरु, महासमिति प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, क्षेत्रिय सभापति, प्रदेश सभापति, नगर सभापति, इकाई सभापतिहरु, भातृ संगठनका प्रतिनिधि एवं क्रियाशील कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

          पदयात्रा कुपण्डोलको नाइटिङ्गेल स्कूलमा पुगेर अन्त्य गरिएको थियो । तत् पश्चात् महानगर सभापति सुभानन् रत्न धाख्वाको सभापतित्वमा संकलित रकम हस्तान्तरण सभाको कार्यक्रम सचिव राजु ताम्राकारले सञ्चालन गरेका थिए । 

       सभामा बोल्दै ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठले नख्खु खोलामा गएको नागरिकको ज्यानले दुख:दायी बनाएको छ। नदि नजिकका घरहरुमा क्षति पुगेका छन्। विजुलि, पानी, वाटो, शौचालयका ढल , रिजर्भ पानी ट्याङ्की हिलोले पुरेको छ। हामी निरन्तर उद्दार कार्यमा खटिएका छौं।

      नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय तेजुलाल चौधरीले उक्त सभामा मन्तब्य ब्यक्त गर्दै पार्टीको निर्देशन अनुसार सबै जन प्रतिनिधिले १ महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी गराएका छन्। उनले नेपाल सरकारको तथ्यांक अनुसार भिषण बाढी पहिरोका कारण काभ्रे जिल्ला र ललितपुर जिल्लामा बढी क्षति पुर्‍याएको बताएका छन्। 

      माननीय खेलकुदमन्त्रीले पदयात्रा आयोजना गरेर संकलन गरेको राहत कोषमा नगद २५ हजार प्रदान गर्दै यस विपदको समयमा सबैले आफ्नो क्षमता अनुरुप सहयोग गर्न समेत अपील गरेका छन्। देश दुख:मा छ । पिडित जनता उद्दार र सहयोगको पर्खाइमा छन्। सरकारले पुन:उत्थान कार्य योजनाबद्ध ढंगले अगाडि बढाएको छ। 

           बाग्मती प्रदेशका पूर्वमन्त्री मा. रामकृष्ण चित्रकारले  बागमती सरकारको तर्फवाट तत्कालका लागि ललितपुरका ४ पालिका मध्ये अति प्रभावित महांकाल गाउँ पालिकालाई नगद २० लाख, गोदावरी नगरपालिकालाई १५ लाख,बाग्मती गाउँपालिकालाई १५ लाख र कोञ्जसम गाउँपालिकालाई १५ लाख राहत रकम उपलब्ध गराएको जानकारी गराएका छन्।

           पूर्व राज्यमन्त्री मा. उदय शमशेर राणाले ललितपुरका विकट स्थानदेखि सुगम स्थान सम्म पहिरोले वाटो अबरुद्ध गरेको जानउदै स्थानीय जनप्रतिनिधिको मार्फत वाटो खुलाउने काममा लागिरहेको जानकारी गराएका छन्। विध्वंशले अपूरणीय मानवीय क्षति गरेको छ, सरकारको तर्फवाट विशेष राहतको ब्यवस्था गराउन पहल गरिरहेका छौं।

         समापन समारोहमा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसिले नेपालमा विभिन्न काल खण्डमा प्राकृतिक प्रकोपको सामना गरेको स्मरण गराउदै प्रत्येक पटक एक नागरिकले अर्को नागरिकको दुख:मा साथ दिएको बताएका छन्। यस पटक अकल्पनीय रुपमा आएको विनाशले जनधनको ठूलो क्षति पुर्‍याएका छन्। सबै मिलेर न्यूनीकरण गर्नेछौं।

Post a Comment

0 Comments