Breaking News

6/recent/ticker-posts

Header Ads Widget

कन्चनपुरमा भोली देखि बुद्धिचाल प्रतियोगिता हुने।

कन्चनपुर, कात्तिक -२, गल्छी खबर। काठमाडौं स्पोर्टस एकेडेमी र नेपाल बुद्धिचाल महासंघको आयोजनामा भोली देखि कन्चनपुरमा आधिकारिक च्याम्पियनशिप दोश्रो र्यापिड तथा प्रथम ब्लिट्ज बुद्धिचाल प्रतियोगिता हुने भ‌एको छ।



राष्ट्रिय बुद्धिचाल संघ नेपाल र काठमाडौं स्पोर्टस एकेडेमीकै संयुक्त आयोजनामा तेस्रो नेकोस (NECOSS) राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता पनि भोली देखि कात्तिक ७ गते सम्म सुदूरपश्चिम प्रदेश, कन्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं ८ मा आयोजना गरिएको काठमाडौं स्पोर्टस एकेडेमीका अध्यक्ष एवम् यस प्रतियोगिताका संयोजक नारायण दास गमालले बताएका छन्।



प्रतियोगितामा हंगेरी ओल्मपियाड टोलीका सम्पूर्ण १० सदस्य, अघिल्लो संस्करणको नेशनल र्यापिड च्याम्पियनशिपका विजेला ३ खेलाडी, १ जना शिर्ष महिला र हालका उच्चतम फिडे रेटिङ भ‌एका १/१ जना खेलाडीहरूलाई दर्ता तथा सुविधा सम्पन्न होटलमा खान र बस्ने सुविधा नि:शुल्क गरिएको जानकारी गमालले दिएका छन्।


गमालले बताए अनुसार - व्यवसायिक खेलकुदको अवधारणालाई देशव्यापी रुपमा स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता मार्फत प्रतिवान एवं सक्षम खेलाडी उत्पादन गरी समृद्ध समाजको परिकल्पनालाई साकार पार्ने र खेलकुद मार्फत राष्ट्रिय सद्भाव अभिवृद्धि गरी आपसी भाईचाराको सम्बन्धलाई अझै कसिलो बनाउदै समाजवादको लक्ष्य तर्फ अघि बढ्न सकिनेछ।


उद्घाटनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आउने


नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालद्वारा उद्घाटन गरिने यस प्रतियोगिताको कुल पुरस्कार राशी ४,७०,०००/- रहेको छ जसमा तेस्रो नेकोस (NECOSS) राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा प्रथम हुनेलाई ६०,०००/- सहित २५ जना पुरस्कृत हुनेछन् त्यस्तै दोस्रो राष्ट्रिय र्यापिड च्याम्पियनशिपमा प्रथम हुनेलाई ३०,०००/- सहित २० जना पुरस्कृत हुनेछन् भने प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल प्रतियोगितामा प्रथम हुनेलाई २५,०००/- सहित २० जना पुरस्कृत हुनेछन्।

Post a Comment

0 Comments