बुद्धिचालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विलमलाल श्रेष्ठको विहिवार दुखद निधन भएको छ। उहाँलाई हर्ट आटक भए पछि बानेश्वर स्थित सिभिल हस्पिटल लगेको थियो।
लामो समयसम्म बुद्धिचाल खेलमा सकृिय रहनु भएका श्रेष्ठको अन्तिम खेल धादिङमा सम्पन्न भएको छैटौं नेशनल भेट्रान नेशनल च्याम्पियनसिप अन्तिम खेल रहयो।
सालमा जन्मनु भएका श्रेष्ठ ३० बर्षसम्म खेल जीवनमा सक्रियता रहयो।
खेल जीवनमा उत्कृष्ट हासिल गर्नु भएका श्रेष्ठ सुदुर पश्चिममा सम्पन्न भएको छैटौ राष्ट्रिय खेलकुदमा १९ औं राष्ट्रिय चेस च्याम्पियनसिपमा राष्ट्रिय बिजेता हुन सफल भयो।
उहाँले नेपालको प्रतिनिधित्व गरी ३६ औं चेस ओलम्पियाड इटालीमा , ३९ औं चेस ओलम्पियाड स्पेनमा र ४१ औ चेस ओलम्पियाड उव्जेकिस्तानमा सहभागी भएका थिए ।
त्यसैगरी श्रेष्ठले कतारमा भएको एशियाडमा र दुवइमा नेशन कप र इन्दोनेसियामा एशियन सिटिज च्याम्पियनसिपमा पनि सहभागी भए।
साथै उहाँले अमेरिका, बंगलादेश , भारत , फ्रान्स लगायत भएको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए।
उहाँको सहकर्मी तीन पटकको नेपाल च्याम्पियन बद्रीलाल नेपालीले राष्ट्रले एउटा होनहार खेलाडी अल्पायु समयमा गुमाएको छ यसले नेपाली बुद्धिचाल खेल जगतमा ठूलो क्षति पुगेको बताउनु भयो।
उहाँको पार्थिशरिरमा नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे भने विहिवार नै पशुपति आर्यघाटमा दाह संस्कार गरेका थिए।
ललितपुरको कुम्मेश्ररमा जन्म भएका ६२ बर्षिय श्रेष्ठको दुईवटा छोरी र श्रीमती रहेका छन्।
्
0 Comments