Breaking News

6/recent/ticker-posts

Header Ads Widget

"गल्छिका सम्राट किरणको आवाजमा रिलिज भएको गीत भाईरल बन्दै"

गल्छि खबर कार्तिक २७ मंगलबार । 

प्रसिद्ध गायिका प्रीति घिमिरे र गायक सम्राट किरणको आवाजमा नयाँ गीत ‘यो मायालाई फकाउन’ सार्वजनिक भएको छ। 

फोटो फिचर :- Samrat Kiran Facebook 


यो गीतमा प्रेममा हुने रमाइलो खटपट र नोकझोंकको भावलाई समेटिएको छ, जसमा डीपी खनालले शब्द दिएका छन् भने शंकर थापा ‘स्माइल’ले संगीत सिर्जना गरेका छन्। 

गीतको एरेन्ज विषम आचार्यले गरेका छन्, जसले गीतलाई सुन्नेमा उत्साह र नाच्न उत्प्रेरित गर्ने खालको डान्सिङ बिट राखेका छन्।

भिडियो लिङ्क 

https://youtu.be/f4YR2Tclgz4?si=ArY9D6ih34WsCQJ1

भिडियोतर्फ, चर्चित कोरियोग्राफर र निर्देशक प्रशान्त तामाङले गीतको कोरियोग्राफी तथा निर्देशन गरेका छन्। भिडियोमा सञ्जीव महर्जन र अन्जिला गिरीको अभिनय देख्न सकिन्छ, जसले प्रेमी-प्रेमिकाबीचको मीठो नोकझोंकलाई पर्दामा जीवन्त बनाएका छन्। गोपाल रायले छायांकन गरेको भिडियोलाई विनोद बमले सम्पादन गरेका छन् र कलर संयोजनमा ध्यान दिएका छन्, जसले भिडियोको दृश्यात्मक अनुभवलाई अझ निखारिएको छ।


‘यो मायालाई फकाउन’ गीत नेपमेलो युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। गीतको आकर्षक संगीत र भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। गीत रिलिज भएको मिति देखि आज सम्म एक लाख एकाउन्न हजार दर्शकले हेरिसकेका छन् र एक लाख पाँच हजार लाईक बटुल्न सफल भएको छ।

गीतको लोकप्रियता बढ्दै गएको देखिएको छ र यो गीतले प्रेममा परेका जोडीहरूको मनोभावलाई राम्रोसँग प्रस्तुत गरेको छ।


Post a Comment

0 Comments