पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले यसबारे जानकारी दिएका हुन्। ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ। भट्टराईले नागरिकसँग भने, ‘अनुसन्धानमा आवश्यक हुँदा उपस्थित हुने गरी परिवार (धर्मपत्नी राधिका शाक्य) को जिम्मा लगाएका […]