बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

चाइनिज चेस फेडेरेशन र काजाकिस्तान चेस फेडेरेशनको निमन्त्रणामा बुद्धिचाल खेलाडीहरु   आइतबार चीनको सांघाई र  काजाकिस्तानको अल्माटीतर्फ प्रस्थान गरेका छन्।

__________ बिज्ञापन____________

नेपाल बुद्धिचाल महािंघका कोषाध्यक्षको नेतृत्वमा रापिडतर्फ उच्च वरियताका खेलाडी नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल, दोलखाका आशिष फुयाल र महिलातर्फ पहिलो रान्किडमा रहेका छापाका कृतिसारा अधिकारी

चीनमा अप्रिल ७ देखि १२ तारिखसम्म हुने आठौं सांघाइ को–ओपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा  प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरि दोस्रो  राष्ट्रिय विद्यालय प्रतियोगिताको बिजेता मार्भलस उच्च माविका छात्र छात्राहरु

अप्रिल ६ देखि ११ तारिखसम्म काजाकिस्तानको अल्माटीमा हुने एसियाली कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वल्र्ड स्कुल टिम प्रतियोगितामा ५ खेलाडीहरुको सहभागीता रहने छन्।  खेलाडीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर रहेका छन् ।

व्यवस्थापकमा नेपाल बुद्धिचाल महासंघका रेटिङ अफिसर  निराजन प्रजापति र प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी छन् । दुवै टोली आइतबार  नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विदाइ गरे । साथै प्रतियोगितामा  खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
नेपाल इको पानल चेस फर अलको उपाधि भरत धिमालले जिते
ताजा खबर