धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

धादिङ — जिल्लामा क्रिकेटप्रेमीहरूका लागि उत्साहजनक खबर आएको छ। आगामी बैशाख ४ गतेदेखि ९ गतेसम्म बेनिघाट रोराङ गाउँपालिकास्थित चन्द्रोदय विद्यालयको खेलकुद मैदानमा धादिङ जिल्ला क्रिकेट संघद्वारा ‘धादिङ क्रिकेट लिग’ भव्य रूपमा सञ्चालन हुने भएको छ। जिल्लाभरिका विभिन्न पालिकाहरूबाट उत्कृष्ट टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगिताले धादिङमा क्रिकेट खेलप्रतिको बढ्दो आकर्षणलाई अझ मजबुत बनाउने विश्वास […]