राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

धादिङ । राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक भएको छ । चुनावको माहोललाई केन्द्रमा राखेर निर्माण गरिएको उक्त फिल्म हाल अनलाइनमार्फत प्रसारणमा आइसकेको निर्माण टिमले जनाएको छ ।

__________ बिज्ञापन____________

धादिङ जिल्लाको धुनिबेसी नगरपालिका क्षेत्रमा छायांकन गरिएको फिल्मले ग्रामीण परिवेश र वास्तविक जनजीवनलाई समेट्दै भोटको मूल्य, जनताको आशा र चुनावी वाचा बीचको अन्तरलाई कथाको मुख्य आधार बनाएको छ । स्थानीय वातावरण र यथार्थपरक दृश्यले फिल्मलाई अझ प्रभावशाली बनाएको दर्शकहरूको प्रतिक्रिया रहेको छ ।

फिल्मका निर्माता मुक्तिनाथ चन्द ठकुरी हुन् भने लेखक तथा निर्देशक बिष्णु ठकुरी रहेका छन् । छायाँकार तथा सम्पादकको जिम्मेवारी पनि बिष्णु ठकुरीले नै सम्हालेका छन् । मुख्य भूमिकामा रमिक सिंह ठकुरी, मुक्तिनाथ चन्द ठकुरी र अशोक चन्द ठकुरी देखिएका छन् । सहायक निर्देशकका रूपमा रमिक सिंह ठकुरी रहेका छन् ।

प्रोडक्सन म्यानेजर रिशी खनाल, स्टिल फोटोग्राफी शन्देश न्यौपाने, कलरिस्ट सुजन राई, द्वन्द्व निर्देशक अदिप शाह तथा संगीतकार सपन भण्डारीको प्राविधिक योगदान रहेको छ ।

निर्माण टिमका अनुसार फिल्मले चुनावी समयमा देखिने आर्थिक चलखेल, जनताको भरोसा र त्यसपछिको निराशालाई सन्देशमूलक ढंगले प्रस्तुत गरेको छ । सार्वजनिक भएसँगै फिल्मले सामाजिक सञ्जालमा चर्चा बटुल्न थालेको छ । राजनीतिक विषयवस्तुमा आधारित भए पनि “भोटको मोल” ले मनोरञ्जनसँगै सचेतना फैलाउने प्रयास गरेको निर्माण पक्षको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

संजय श्रेष्ठको नेतृत्वमा गल्छी गाउँपालिका बजार व्यवस्थापन
दोलखा जिल्लामा अन्तराष्ट्रिय बुद्धिचाल खेल हुने 
सामाजिक उत्तरदायित्व अन्तर्गत आरम्भ चौतारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङमा पतञ्जली योग समितिको जिल्ला सम्मेलन तथा चौथो अधिवेशन हुँदै
क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता
तीन बुद्धिचाल खेलाडी संयुक्त शीर्ष स्थानमा
बैशाख १६ गते रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने
गल्छी कप राष्ट्रिय रापिड चेस रुपेशले जिते 
ताजा खबर