बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

विरगञ्ज । बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ भने बुबा र छोरी गम्भीर घाइते भएका छन्।

__________ बिज्ञापन____________

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको हो।

डीएसपी पण्डितका अनुसार आज बिहान करिब ३ बजेको समयमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको थियो।

उक्त आक्रमणमा परिवारकै ५० वर्षीय जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको सहयोग लिइएको र संलग्न व्यक्तिको खोजीका लागि सुरक्षा सतर्कता बढाइएको डीएसपी पण्डितले जानकारी दिए।

तस्विर : १२ खरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

अन्तर्राष्ट्रिय चेसमा निहाना श्रेष्ठलाई रजत पदक
पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा
तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस बैशाखमा हुने
दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
ताजा खबर