फाल्गुण १० गते जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने

३० माघ, धादिङ। नमुना बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा यहि फाल्गुण १० गते जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ। नमुना बागेश्वरी कप दोस्रो धादिङ जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रथम देखि पाचौं स्थान सम्मका विजेता खेलाडीहरुलाई नगद पुरस्कार दिईनेछ। प्रथम हुनेले नगद रु १० हजार, ट्रफी, मेडल र सटिफिकेट पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः […]
सुनको मूल्य रेकर्ड ब्रेकको बाटोमा, सातामा २ हजार १०० रुपैयाँ बढ्यो

यो मूल्य भन्सार दर घटेपछिको पनि रेकर्ड नजिकको हो । भन्सार दर घट्नुअघि सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । मन्त्रिपरिषद्को गत मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो । भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै सुनको मूल्य पनि घटेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य ह्वात्तै घटेको थियो ।
अध्यादेशबारे छलफल गर्न सत्ता साझेदार दलको बैठक बस्दै

३ फागुन, काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ । संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि […]