फाल्गुण १० गते जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने

३० माघ, धादिङ। नमुना बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा यहि फाल्गुण १० गते जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने भ‌एको छ।

__________ बिज्ञापन____________

नमुना बागेश्वरी कप दोस्रो धादिङ जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रथम देखि पाचौं स्थान सम्मका विजेता खेलाडीहरुलाई नगद पुरस्कार दिईनेछ। प्रथम हुनेले नगद रु १० हजार, ट्रफी, मेडल र सटिफिकेट पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु ७ हजार र नगद रु ५००० का साथमा मेडल र सटिफिकेट पाउनेछन्। त्यस्तै चौथो र पाँचौं हुनेले क्रमशः नगद रु ३ हजार र नगद रु २ हजार पाउनेछन्।

पाँच चरणको लिग खेलमा सम्पन्न हुने प्रतियोगितामा महिला तर्फ उत्कृष्ठ एकजनालाई नगद रु २ हजार र १६ बर्ष मुनिका एक जना र ५५ बर्ष माथिका एक जना उत्कृष्ठ खेलाडीलाई नगद रु २ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता संयोजक रेशमराज खतिवडाका अनुसार क्याम्पसका विद्यार्थी मध्ये उत्कृष्ठ खेलाडी एकजनाले नगद रु २ हजार पुरस्कार पाउनेछन । प्रतियोगितामा सहभागी हुन रु ५०० दर्ता शुल्क बुझाउनु पर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर