धुनिबेसीमा बजार अनुगमन, ५ होटललाई जरिवाना

धादिङ, जेठ २८ – उद्योग तथा वाणिज्य कार्यालय, धादिङको संयोजनमा आज बुधबार धुनिबेसी नगरपालिकाका विभिन्न किराना पसल र होटलहरूमा बजार अनुगमन गरिएको छ। १४ वटा पसलमा गरिएको बजार अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लंघन गर्ने पाँचवटा होटललाई जरिवाना गरिएको छ। अनुगमन टोलीले सरसफाइमा लापरवाही, बिना दर्ता सञ्चालन, म्याद गुज्रेका सामान बिक्रीका लागि राखिएको, खरिद–बिक्रीमा बिल […]
कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार अव केही जल सहितको कलश रहेको हुनाले सचिवालयमा सम्पर्क गरेर भक्तजनले […]
पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

२८ जेष्ठ, काठमाडौँ। विश्व बुद्धिचाल महासङ्घ तथा एसियन चेस फेडरेसनको तत्वावधानमा श्रीलंका चेस फेडरेसनले ४ जुनदेखि १२ जुनसम्म आयोजना गरेको द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप सम्पन्न भएको छ। प्रतियोगितामा आयोजक राष्ट्र श्रीलङ्का सहित नेपाल, बङ्गलादेश, भारत, काजकिस्तान, माल्दिभ्स, रसिया, तुर्कमिनिस्तान र उज्बेकिस्तान गरी ९ राष्ट्र का ५९ जना खेलाडीहरूको सहभागिता रहेको थियो। श्रीलंकामा सम्पन्न […]