धुनिबेसीमा बजार अनुगमन, ५ होटललाई जरिवाना

धादिङ, जेठ २८ – उद्योग तथा वाणिज्य कार्यालय, धादिङको संयोजनमा आज बुधबार धुनिबेसी नगरपालिकाका विभिन्न किराना पसल र होटलहरूमा बजार अनुगमन गरिएको छ।

__________ बिज्ञापन____________

१४ वटा पसलमा गरिएको बजार अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लंघन गर्ने पाँचवटा होटललाई जरिवाना गरिएको छ। अनुगमन टोलीले सरसफाइमा लापरवाही, बिना दर्ता सञ्चालन, म्याद गुज्रेका सामान बिक्रीका लागि राखिएको, खरिद–बिक्रीमा बिल नबनाइएको तथा अधिकतम खुद्रा मूल्य (MRP) भन्दा बढी मूल्य लिएको जस्ता अनियमितता फेला पारेको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेको नेतृत्वमा ग‌एको अनुगमन टोलीमा उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरी, राजेन्द्र प्रसाद कोइराला, नन्दराज जोशी, उपभोक्ता हित संरक्षण मञ्चका सदस्य शिवराज सापकोटा, पत्रकार तथा सुरक्षाकर्मीहरू सहभागी थिए।

उल्लेखित पाँच होटललाई कुल रु १ लाख ६० हजार जरिवाना तिराइएको छ भने विभिन्न किराना पसलमा फेला परेका म्याद गुज्रिएका सामानहरू संकलन गरी नष्ट गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर