अन्तर्राष्ट्रिय चेसमा नेपालका विवेक थिङ दोस्रो भए

६ असोज, काठमाडौं । युरोपको हंगेरीस्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा विवेक थिङ दोस्रो भएका छन् ।

__________ बिज्ञापन____________

उनले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गरे । यससँगै नेपालका सिएम विवेक थिङले नौ चरणको खेलवाट ८ अंक प्राप्त गर्दै दोस्रो स्थानमा प्रतियोगिताको अन्त्य गरेका हुन् । उनले ३ सय युरो पुरस्कार प्राप्त गरेका छन्।

विश्वका विकसित राष्ट्रहरु अमेरिका, जर्मनी, डेनमार्क, हंगेरी, नाइजेरिया, पेरु, रोमानिया, यूएई, युक्रेन, घाना, इटलि र नेपालका २८ अन्तर्राष्ट्रिय खेलाडीहरूको बीच कडा प्रतिस्पर्धा भएको खेलमा नेपालका विवेकले उत्कृष्ट प्रदर्शन गरे ।

‘नेपाल बुद्धिचाल महासंघले हंगरिको खेलमा सहभागी हुने मौका दिएको हो । मैले राष्ट्रको लागि खेलेर दोस्रो स्थान प्राप्त गर्न सफल भएँ । हामी खेलाडीहरुलाई थोरै भए पनि राज्यले लगानी गरिदिए जस्तोसुकै खेलमा राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने आत्मविश्वास छ,’ विवेकले बुढापेष्टबाट पदक जितेपछि भने ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको तेस्रो चरणमा विवेकले पराजित गरेका हंगेरियन आईएम मेस्जारोस् आन्द्रासले समान ८ अंक बटुल्दै बुकोल्ज र प्रोग्रेसिभ अंक ३७.५ को आधारमा विजेता बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर